राप्ती र बबईको दोहनमा नेता सक्रिय

राप्ती र बबईको दोहनमा नेता सक्रिय

दाङ, ६ बैशाख । देशका नदीजन्य प्राकृतिक सम्पत्तिहरु (गिट्टी, बालुबा, ढुङ्गा) दिन दुई गुना र रात चौगुनाका दरले दोहन भइरहेको छ ।

प्राकृतिक सम्पत्तिको दोहनमा राजनीतिक दलका नेता तथा साँसदहरुको मिलेमत्तो रहेको पाइन्छ भने स्थानीय जनप्रतिनिधिहरु नै डोजर व्यवसायी भएको तथ्य झिल्को डटकमले निरन्तर प्रसारण गरिरहेको छ । कतिसम्म भने नदीजन्य पदार्थ दोहनमा देशका सरकारी तहका उच्च तहका कर्मचारी, बहालवाला मन्त्रीका छोरा छोरी तथा नातेदार नै सत्ता र शक्तिको दुरुपयोग गरी गैरकानुनी रुपमा नदी दोहनमा सक्रिय छन् ।

सोही क्रममा राप्ती र बबई नदीमा तोकिएको भन्दा बढी परिणाममा नदीजन्य पदार्थ उत्खनन् एवम् ढुवानी हुने गरेको तथ्य फेला परेको छ ।  गैरकानुनी किसिमले संचालित यहाँका क्रसर व्यवसायीले ढुवानीका लागि स्थानीय युवा क्लव र समूहलाई प्रति ट्रिपर पाँच सयदेखि एक हजारसम्म रकम दिई निर्वाध रुपमा ढुवानी गर्ने गरेको एक स्थानीयले बताए ।

‘नदीजन्य पदार्थ विहान ८ बजेदेखि ५ बजेसम्म मात्र ढुवानी गर्ने नियम भएता पनि नियमको उल्लंघन गर्दै रातभर ओसारपसार हुने गरेको छ’, उनले भने दिउँसो धुलो र राति क्रसर र ट्र्कको प्रदूषणले गर्दा गाउँ नै प्रभावित भएको छ ।’ यहाँ उद्योग सञ्चालनका लागि तोकिएको निर्धारित दुरीसम्बन्धी मापदण्ड ९० प्रतिशत भन्दा बढीले मिचेर जवर्जस्ती रुपमा संचालन भइरहेको छ ।

यस कार्यमा नेपाली कांग्रेसका नेता दीपक गिरी, नेकपाका निर्मल आचार्य ‘विमल’, निर्मल महरा ‘एटम’ लगायतको संलग्नता रहेको स्थानीयको भनाइ रहेको छ ।

यसबारेमा निर्मल महरा एटमले आफूले डोजर नियमसंगत रुपमा नै चलाएको र यस जिल्लामा ६०/६५ मध्ये २०/२२ मात्र वैधानिक रहेको खुलासा गरे । अवैध रुपमा चलाउनेलाई कार्वाही गर्नुपर्ने भन्दै आफूले अभियान नै चलाएको उनको जिकिर थियो ।  

 सत्ता र शक्तिको दुुरुपयोग गर्दै वर्षौदेखि गैरकानुनी रुपमा नदीको दोहन गरिरहँदा स्थानीय प्रशासन भने मौन छ ।

यो पनि पढ्नुहोस

दरौदीमा गोरखकाली क्रसर उद्योगको दादागिरी, प्रदुषणले विद्यालय नै प्रभावित

दरौंदी दोहनमा सुरेन्द्रलाई सांसदको साथ

जनप्रतिनिधिहरु नै अवैध उत्खननमा सक्रिय