अश्लिल च्यानलको श्लील काम 

अश्लिल च्यानलको श्लील काम 

७ वैशाख । अश्लिल च्यानलले श्लील काममा योगदान दिने भएको छ । यसमा अश्लिल च्यानलका स्टार अभिनेता अभिनेत्रीहरूले सहयोग पु¥याउने भएका छन् ।

प्रोन हबले मौरी संरक्षणका लागि ‘बी सेक्सुअल’ कार्यक्रम मार्फतबाट उपभोक्तालाई वातावरण संरक्षणका लागि योगदान दिन पाउने अवसर उपलब्ध गराउने भएको छ ।

मौरीको वासस्थानको अभाव हुन थालेको छ । 

वातावरण विनास हुन थालेकाले मौरीको वासस्थानको अभाव हुन थालेको हो । फलफुलको रस चुसेर बाँच्ने मौरीको संरक्षणका लागि ‘बी सेक्सुअल’ अभियान सञ्चालन गरेका हुन् ।

प्रोन हबले जारी गरेको विज्ञप्तिमा मौरी संरक्षणमा सक्रिय अपरेशन हनी बी र द सेन्टर फर हनी बीसँग मिलेर यो अभियानको सञ्चालन गरिरहेको जनाएको छ । उनीहरूले मौरीको वासस्थान खतरामा परिरहेकोमा चिन्ता व्यक्त गरेका छन् । यौनसँग सम्बन्धित च्यानलको मौरी र वातावरण संरक्षणमा चालेको यो कदमलाई प्रशंसा गरेको पाइएको छ । 

यसले उत्पादन गरेका भिडियोमा मौरीले रस चुस्ने प्रक्रियालाई दर्शाइएको छ भने प्रोन स्टारहरूले यसको संरक्षणमा जनचेतना जगाउन गीत संगीतमा सक्रिय रहेको देखिएको छ । 

उत्तर अमेरिकामा सात सय प्रजातिका मौरी बासस्थानको अभावमा समाप्त हुन लागेका छन् । दुई खर्ब ३५ अर्ब अमेरिकी डलर बराबरको वर्सेनी उत्पादन हुने खानेकुरा महमा आधारित रहेको र यस्ता खानेकुराका लागि चाहिने मौरीको वासस्थान कीरा मार्ने रसायनबाट भइरहेको छ ।

प्रोन हब च्यानलका उत्पादन हेर्नेहरू विश्वभर ११ करोड भिजिटरहरू रहेका छन् । उनीहरू माझ   मौरी संरक्षणका ‘बी सेक्सुअल’ कार्यक्रम अगाडि बढाइने प्रोन हबले विश्वास व्यक्त गरेको छ ।