मेयर पुनमाथि भ्रष्टाचारका ११ आरोप, अख्तियारले काट्यो पत्र  

मेयर पुनमाथि भ्रष्टाचारका ११ आरोप, अख्तियारले काट्यो पत्र  

सल्यान । सल्यान बन्गाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द पुनबिरुद्ध भ्रष्टाचार र अनियमितताका ११ आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ज भएका छन् । 

११ आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पत्र काटेको छ । आफ्नै निजी गाडीको भाडा नगरपालिकाबाट लिइरहेको, अनियमित र गैरकानुनीरुपमा कर्मचारी भर्ना गरेको, सडक निर्माणमा प्रयोग हुने एक्सावेटर, ब्याक लोडरहरु जिल्ला दर रेटभन्दा १५ प्रतिशत प्रति घण्टा बढी दर रेट बनाएर उपभोक्ता समितिबाट कमिशन लिएको जस्ता आरोप अख्तियारमा दर्ज भएका छन् । 

नगर प्रमुख गोविन्द पुनसँग डबल क्यापको निजी बलेरो गाडी थियो । उनी मेयर पदमा निर्वाचित हुनुभन्दा अघि नै खरिद गरेका थिए । तर, मेयर बनेपछि उनले नगरपालिकामा कुनै निर्णय नै नगराई गाडीको सुविधा लिने गरेका थिए । गाडी भाडा मासिक ९७ हजार, ड्राइभर र इन्धन गरी उनले दुई लाखभन्दा बढी सुविधा लिने गरेको एक सदस्यले बताएका छन् । 

यो पनि पढ्नुहोस :

आफ्नै गाडीको समेत भाडा लिने मेयरलाई अख्तियारले कार्वाही गर्ला ? 

मेयर पुनले गैरकानुनी कार्य गर्न थालेपछि नगरपालिकामा ठूलो विवाद भएको थियो । २५ असारभित्र सम्पन्न गरिसक्नु पर्ने नगर अधिबेशन गत पौष महिनामा मात्र सम्पन्न भएको एक कर्मचारीेले बताए । 

मेयर पुनले भ्रष्टाचारजन्य क्रियाकलाप गर्न थालेपछि २०७५ साल साउन ३ गते उनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । दर्ता नम्वर ४८ रहेको उजुरीमाथि यतिबेला छानविन शुरु भएको छ । छानविनका क्रममा अख्तियारले उनलाई पत्र काटेको छ । 

यस्तो छ अख्तियारमा परेको उजुरी :