आज लेनिन जयन्ति : लेनिनको देशको राष्ट्रपति पदमा कमेडियन कलाकार
विश्व सर्वहारा वर्गका नेता लेनिन जयन्ति आज २२ अप्रिलमा विश्वमा मनाइरहदा लेनिनको नेतृत्वमा शासन सत्ता रहेको बेलामा सन् १९२२ मा सोभियत संघमा समावेश भएको र सोभियत संघको विघटनसँगै अलग भएको युक्रेनमा कमेडियन कलाकार भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति पदको निर्वाचनमा एक ऐतिहासिक जीत हात पारेको सर्वेक्षणहरूले देखाएको समाचार विश्वभरि प्राथमिकताका साथ आएको छ ।
तीन साता अघि पहिलो चरणको निर्वाचनबाट छानिएर दोस्रो चरणको निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मत पाएर उनले जित्ने भएका छन् ।
४१ वर्षीय जेलेन्स्कीले वहालवाला राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई पराजित गरेका छन् । वहालवाला राष्ट्रपतिले आफ्नो पराजय स्वीकार गरिसकेका छन् ।
यो पराजय युक्रेनको संस्थापन र वहालवाला राष्ट्रपति पक्षधरलाई ठूलो धक्का भएको मानिएको छ ।
जेलेन्स्की हास्य व्यंग विधाका चर्चित कलाकार हुन् । राष्ट्रपतिको नियन्त्रणमा सुरक्षा, प्रतिरक्षा र विदेश नीतिसम्बन्धी राजनीतिक शक्ति हुन्छ ।
विश्वमै सर्वहारा वर्गलाई मार्गनिर्देशन गर्ने लेनिनको देशमा वास्तवमा राज्यको प्रमुख पदमा कमेडियनको चयनले राजनीतिलाई ब्यंग्य गरेको हो कि परिवर्तन खोजेको निकट भविस्यमा नै थाहा लाग्छ ।
२०७६ साल वैशाख ९ गते
प्रतिक्रिया