चुनाव खर्चले भारतीय बैंकमा तरलताको अभाव

चुनाव खर्चले भारतीय बैंकमा तरलताको अभाव

वैशाख ९, नयाँ दिल्ली । भारतमा जारी लोकसभा निर्वाचनमा हुने खर्चले गर्दा त्यहाँको बैंकहरूमा देखिएको तरलता अभाव सात खर्बमाथि पुगेको छ ।

भारतको केन्द्रीय बैंक आरबीआईले यसका लागि ऋणपत्र खरिद र डलर भारु साटासाट तथा दर कटौती जस्ता उपाय अपनाइरहेको देखिएको छ ।

एक्सिस बैंकका प्रमुख अर्थशास्त्री सुगत भट्टाचार्यले प्रणालीगत तरलतामा केही बढी समस्या देखिएको बताए ।

ब्लुमबर्ग इन्डिया बैकिंग लिक्विडिटीको मापन विधि अनुसार ३ अप्रिलमा तरलता अभाव ३ खर्ब १३ अर्ब ९६ करोड भारु बराबर थियो भने अप्रिल १६ मा यो बढेर ७ खर्ब २ अर्ब ६६ करोड भारुमा पुगेको देखियो ।

आरबीआईले सन् २०१८–१९मा बैकिंग प्रणालीमा २.९८ करोड बराबरको तरलता प्रसार गरेको थियो । यस अन्तर्गत ५ अर्ब अमेरिकी डलर बराबरको डलर स्वाप गरिएको थियो ।