नेपाली र विदेशी प्रतिक्रियावादीहरु कम्युनिष्ट एकतालाई कमजोर पार्ने तानाबाना बुन्दै छन् : प्रचण्ड

नेपाली र विदेशी प्रतिक्रियावादीहरु कम्युनिष्ट एकतालाई कमजोर पार्ने तानाबाना बुन्दै छन् : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्टहरु वैचारिक, राजनीतिक र सांगठनिक रुपमा आक्रामक ढंगले अघि बढी रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७० औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रचण्डले नेकपालाई अन्तर्राष्ट्रिय समुदायले सकारात्मक ढंगबाट हेरिरहेको पनि बताए । उनले भने, ‘‘यो पार्टीप्रति संसारभरिका न्यायप्रेमी जनसमुदाय, मुख्यतः श्रमजीवी र संसारभरिका कम्युनिष्टहरुको सकारात्मक ढंगले नेपालको नयाँ पहलकदमीप्रति गहिरो गरी अवलोकन गरिरहेको स्थिति छ ।’’

सो अवसरमा प्रचण्डले अन्तर्राष्ट्रिय स्तरमा रक्षात्मक स्थितिमा रहेको कम्युनिष्ट आन्दोलनलाई आफूहरुले आक्रामक ढंगले अगाडि बढाइरहेको बताए । उनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन तुलनात्मक रुपले रक्षात्मक स्थितिमा धकेलिएको भन्दै त्यो परिस्थितिमा आफुहरुले नेपाली कम्युनिष्ट आन्दोलनलाई बैचारिक, राजनैतिक र सांगठानिक रुपले आक्रमक स्तरमा पु¥याउने प्रयास गरिहेको जिकिर गरे । 

उनले भने, ‘नेपालभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरुले नेपालको कम्युनिष्ट आन्दोलन,  एकता र स्थितिलाई कसरी कमजोर पार्न सकिन्छ भनेर अनेक किसिमका तानाबाना बुन्नेहरु सक्रिय छन् ।’

राष्ट्रिय स्वाधीनता सुदृढ गरेर जनताको अपेक्षालाई सम्बोधन गर्ने र सामाजिक न्यायसहित समाजवादको आधार निर्माण गर्ने तथा समाजवादको दिशातर्फ नेपाली समाजलाई डो¥याउने राष्ट्रिय जिम्मेवारी नेकपालाई रहेको उनको कथन थियो ।