सिंगो देशका लागि आजको दिन खुशीको क्षण : प्रम ओली

सिंगो देशका लागि आजको दिन खुशीको क्षण : प्रम ओली

काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले राणा, राजा र पञ्‍चायविरुद्ध लडेकै कारण आज सही ठाउँमा आइपुगेको बताएका छन् । उनले भने, ‘असमानताविरुद्ध, थिचोमिचो र शोषणकाविरुद्ध लडेर आज यो ठाउँमा आइपुगेका हौैँ त्यसैले कसैले राजतन्त्र व्यूँताउने सपना देखेको भए त्यो केवल सपनामात्र हुनेछ ।’

नेकपा स्थापनाको ७० औं बार्षिकोत्सव समारोहलाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रधामन्त्री ओलीले ७० वर्षको संघर्षपछि मात्र नेपालमा लोकतन्त्र प्राप्त भएको स्मरण गर्दै भने, “कोही पनि जन्मिदै ठूलो र राजा नभइ हाल्ने भएकोले अब यो मुलुकमा राजतन्त्र व्यूँताउने सपना नदेख्न म साथीहरुलाई आग्रह गर्दछु” ।

वामपन्थीका लागि मात्रै नभएर सिंगो देशका लागि आजको दिन खुशीको क्षण भएको भन्दै ओलीले दुई पार्टीबीचको एकीकरण पछि बनेको संसदको ठूलो दल नेकपाले राष्ट्रियतको रक्षा गर्दै राष्ट्रियताको आन्दोलनलाई उचाइमा पु¥याएको दावी गरे । उनले भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताकाबिरुद्ध सरकार निर्मम ढंगले अघि बढ्ने पनि बताए । सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताका पक्षमा आफ्नो पार्टी दृढ भएको भन्दै पार्टी एकताले जग अझ बढी मजबुत भएको दाबी गरे ।