पार्टी एकीकरण घोषणासभा चलिरहँदा कार्यक्रस्थलबाट माधव नेपाल वाहिरिनुका कारण.....

पार्टी एकीकरण घोषणासभा चलिरहँदा कार्यक्रस्थलबाट माधव नेपाल वाहिरिनुका कारण.....


शंकर तिमल्सिना

काठमाडौं, ९ बैशाख । सोमबार नेकपा एकीकरणको घोषणासभा चलिरहदा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल मञ्चबाट बाहिरिएपछि प्रज्ञा भवनमा उपस्थित पार्टी समर्थक तथा दर्शकदीर्घामा राम्रो परेन ।

नेकपा स्थापनाको ७० वर्ष र लेनिन जयन्तीका अवसरमा दुई पार्टी अध्यक्षसहित नेकपा एकीकरणको घोषणा कार्यक्रम चलिरहँदा जिल्ला कमिटीको अध्यक्ष र सचिवहरुको सूची सार्वजनिक हुनासाथ माधव नेपाल अचानक हलबाट बाहिरिएका थिए ।

माधव नेपाल वाहिरिनुको कारण उनलाई दुई अध्यक्षको आडमा बस्ने कुर्चीको व्यवस्था नहुनु  भएको उनी निकट स्रोतले जनाएको छ । 

वरिस्ठ नेता माधव नेपाल पार्टीको वरियतामा तेस्रो मानिएका छन् । एकता पूर्व झलनाथ खनाल भन्दा पछिल्लो वरियतामा रहेका नेपाललाई पार्टी एकता गर्दा खनालभन्दा माथि राखिएको थियो । यसको सार्वजनिक रुपमा नै खनालले आपत्ति जनाएका थिए । 

दुई अध्यक्ष केपी ओली र प्रचण्डपछि तेस्रो वरियतामा रहेका नेपाल दुई अध्यक्षको आडमा क्रमशः झलनाथ खनाल र वामदेव गौतम बसिसकेका थिए । उनलाई अध्यक्षको निकट कुर्चीको व्यवस्थापन नगरेका कारण उनी बीचमा हिंडेको उनी निकट स्रोतले दावी ग¥यो । 

आफ्नो व्यक्तिगत वरियतालाई ख्याल गरेर यति ठूलो एकताको कार्यक्रमबाट नेपाल हिंड्नु नहुने उनी निकट स्रोतले बतायो । 

‘एकताको बेलामा धेरैका पदका वलिदान भएका छन्, यसमा एकाध तल माथि कुर्चीमा बस्दा नेपालले सार्वजनिक रुपमा असर गर्ने गरी चित्त दुखाउनु हुँदैन थियो’ सो स्रोतले बतायो ।