भाजपा र कांग्रेस दुबै अध्यक्षका लागि आज मतदान 

भाजपा र कांग्रेस दुबै अध्यक्षका लागि आज मतदान 

भारतको तल्लो सदन लोकसभाका लागि तेस्रो चरणको सबैभन्दा ठूलो मतदान कार्यक्रममा भारतका जनताले सत्ता र प्रतिपक्ष दुबैका अध्यक्षका लागि मतदान गर्ने भएका छन् ।

सत्ताधारी भाजपाका अध्यक्ष अमित शाह र प्रतिपक्ष कांग्रेसका अध्यक्ष राहुल गान्धीले मनोनयन दर्ता गराएका क्षेत्रहरूमा पनि मतदान भइरहेको छ ।

सात चरणमा सम्पन्न हुने मतदानमा तेस्रो चरणको यो मतदान कार्यक्रम अन्तर्गत लोकसभाका ११६ प्रतिनिधि चयन गर्न मतदान हुनेछ । गुजरातको चुनाव क्षेत्रबाट भाजाप अध्यक्ष शाह र केरलाको चुनाव क्षेत्रबाट कांग्रेस अध्यक्ष गान्धी लगायत संघीय सरकारका धेरै मन्त्रीहरू पनि यो चरणको मतदानमा प्रतिस्पर्धा गरिरहेका छन् । यो चरणको चुनावमा सत्तारूढ गठबन्धनको बाजी ठूलो छ । सन् २०१४मा यो चरणमा समावेश गरिएका निर्वाचन क्षेत्रहरूमा गरी ११६ स्थान मध्ये ६६ स्थान हात परेको थियो । जबकि कांग्रेस गठबन्धनले २७ स्थानमा हासिल गरेको थियो । बाँकी स्थान अन्य दल र स्वतन्त्र उम्मेदवारको हिस्सामा पुगेको थियो ।

यो चरणको मतदानका लागि १८ करोड ५६ लाख मतदाता योग्य रहेका छन् । मतदानका लागि २ लाख १० हजार मतदान केन्द्रहरूको स्थापन गरिएको निर्वाचन आयोगले जाएको छ । 
१० वैशाख २०७६