बाणिज्य बैंकहरु चम्किंदा शेयरबजारमा छलाङ्ग

बाणिज्य बैंकहरु चम्किंदा शेयरबजारमा छलाङ्ग
  • हरि अधिकारी

नयाँ बर्ष सुरु भएयता शेयर बजारमा रौनकतामा निरन्तरता पाइरहेको छ । नेप्सेको बृद्धिलाई कारोबार रकमले समेत लगातार साथ दिएपछि लगानीकर्ता हौसिएका छन् । नयाँ बर्ष सुरु हुनासाथ दिनहुँ बजार बढ्न थालेपछि लगानीकर्ताले फेरि दिन फिर्ने आशा गरेका छन् । 

यतिखेर साना–ठूला अनि पुराना तथा नयाँ सबैथरीका लगानीकर्ताले शेयर किन्ने क्रमलाई तीब्रता दिएका छन् । लगानीकर्ताको आँखामा बाणिज्य बैंक नै परेको देखिन्छ । किन कि बाणिज्य बैंकहरुको नाफा दर अन्य समूहको भन्दा सबल, सुसाशन, नियामक निकायको गतिलो विश्वासका साथै अन्य समूहको तुलनामा सस्तो भएकोले शेयर बजारमा बाणिज्य बैंकले नै लिड गरिरहेको अवस्था छ । अन्य समूहका सूचकमा खासै लगानीकर्ता आकर्षित हुन सकिरहेका छैनन् ।  

पछिल्लो समयमा बाणिज्य बैंकहरुको केन्द्रीय बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुगिसकेको छ । चुक्ता पुँजी बृद्धि भएसँगै सबैले नाफा बढाउँदै लगेका छन् । नाफा बढ्नु, वित्तीय विवरणमा तुलनात्मक रुपमा पारदर्शिता लगायतका कारण पनि पहिलो चरणमा साना, ठूला, पुराना र नवप्रवेशी सबै लगानीकर्ता यो समूहमा आकर्षित भएका छन् ।

यसका अतिरिक्त बाणिज्य बैंकहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणहरु पनि आउने क्रम जारी रहेको छ । सिटिजन बैंक, माछापुच्छ«े बैंक, एभरेष्ट बैंकले यस आ.ब. को तेश्रो वित्तीय विवरण पस्किसकेका छन् । यी तीनवटै बैंकहरुको वित्तीय विवरण हेर्दा गत आ.ब.को भन्दा नाफा बढाएको देखिन्छ । 

कतिपय बैंकहरुको वित्तीय सूचना चुहिएका कारणले गर्दा ती बैंकहरुले वित्तीय विवरण प्रकाशित नगरेता पनि शेयरबजारमा तीब्र माग सिर्जना भएको अवस्था छ । सरसर्ती हेर्दा तेस्रो त्रैमासको रिपोर्टले पनि लगानीकर्तालाई लोभ्याएको छ ।

लगानीकर्ता थप उत्साहित भएका हुन् । चैत–बैशाख लागेसँगै शेयर बजारमा सिजन सुरु हुने विश्वास गरिन्छ । नेप्सेमा सिजनको प्रभाव पनि परेको हो । लगानीकर्ताले अब शेयर बजारको बियरलिस टे«ण्ड सकिएको र बुलिस टे«ण्डको सुरुवाती चरणको रुपमा अर्थ लगाएर पनि निर्धक्क साथ लगानी बढाएका छन् । 

आर्थिक बर्ष सकिनै लागेको छ । नेपालमा विगतजस्तै आर्थिक बर्षको अन्तिम अन्तिममा विकास निर्माणमा खर्च गर्ने प्रवृत्ति नै छ । त्यसैले चालु आब सकिन अब तीन महिनाभन्दा कम समय भएको बेला विकास निर्माणका काममा तेजी आउने र सरकारी ढुकुटीबाट बजारमा पैसा यथेष्ट प्रवाह हुने हुन्छ ।जसका कारणले बजारमा तरलतामा सहज भई ब्याजदर समेत घट्न मद्दत पुग्ने विश्वास गरिन्छ । तरलता सहज हुने हो भने शेयर बजारको बृद्धि हुन सहयोगी बन्छ । 

अहिले बाणिज्य बैंकले मात्र शेयर माथि लगेको छ । विस्तारै अन्य समूहले पनि लिड गर्ने अवस्था आएपछि बल्ल मार्केटले बुलिस टे«ण्ड पकड्ने हो । विस्तारै विकास बैंक, माइक्रो फाइनान्स, बिमा, होटल, हाइड्रो लगायतका क्षेत्रमा पनि चमक आउने आशा लगानीकर्ताले गरेका छन् । 

लगानीकर्ताले वियरलिस टे«ण्डमा जतिसुकै राम्रा कम्पनीमा लगानी गर्दा पनि धैर्य गुमाउने अवस्था सिर्जना हुन पनि सक्छ यदि बुलिस बजारको सुरुवाति चरणमा लगानी गर्न सकिएमा नाफा मनग्य कमाइ हुने र लगानीकर्ता हौसिने वातावरण बन्ने गर्छ । राम्रा कम्पनी छनौट गरेर शेयर खरीद गर्ने अवसरका लागि लगानीकर्तालाई विकल्पहरु खुल्ला भएको ठानिएको छ ।

आजको शेयरबजार यस्तो रह्यो  
नेप्से सूचक मंगलबार ३.७४ अंकले बढेर १२६०.६८ विन्दुमा आइपुगेको छ । समग्रमा नेप्से ०.३०५ ले माथि लागेको छ । १७६ कम्पनीको १८ लाख १ हजार ५२२ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ११ वटा समूहको कारोबार भएकामा ५ वटा समूहका सूचक बढेका छन् भने बाँकी ६ समूह भने घटेको  छ । 


आजपनि वाणिज्य बैंक समूहको सूचक ६.६६ अंकले बढेको छ ।

उत्पादनमूलक समूह सबैभन्दा धेरै ४६.०८ अंकले माथि लागेको छ । कारोबार रकममा छिमेक लघुवित्त सबैभन्दा अघि छ । यसको ४ करोड ९६ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र एनएमबि बैंक परेका छन् ।