बेगुसरायमा प्रचार गर्दै बलिउडका जावेद अख्तर

बेगुसरायमा प्रचार गर्दै बलिउडका जावेद अख्तर

भारतका चर्चित कवि र हिन्दी सिनेमाका गीतकार जावेद अख्तरले बेगुसरायबाट उम्मेदवारी दिएका कन्हैया कुमारको निर्वाचन अभियानमा सरिक भएका छन् । यो पटक भारतमा भइरहेको लोकसभा निर्वाचनमा कन्हैया कुमारले उम्मेदवारी दिएको बेगुसरायको  निर्वाचन सर्वाधिक चर्चामा रहेको छ । धर्मनिरपेक्षको वकालत गर्ने कन्हैया कुमारले नयाँ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गर्दा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टीको हिन्दु मुस्लिम दंगा फैलाउने गतिविधिको विरोध गरेबाट विशेषरूपमा चर्चा पाएका थिए । उनी भारतीय कम्युनिस्ट पार्टीको समर्थनमा बेगुसरायबाट चुनाव लडिरहेका छन् ।

कन्हैया कुमारको चुनाव प्रचार गरिरहेका बेला जावेद अख्तरले धर्मलाई राजनीतिमा मिसाउँदा मानवअधिकार र नागरिक अधिकारहरूको पहिले हत्या हुने गरेको बताए । 

जावेद अख्तरकी पत्नी सबाना आजमी हिन्दी सिनेमाका चर्चित अभिनेत्री हुन भने फरहान खान र जोया अख्तर छोरी छिन् । 

कन्हैया कुमारको चुनाव प्रचार गर्न भारत भरिका चर्चित व्यक्तिहरूको सहभागिताले बेगुसरायको विशेष चर्चा हुन पुगेको हो ।
२०७६ साल वैशाख ११