फेसबुकलाई ५ अर्ब अमेरिकी डलर बराबरको जरिवाना हुने

फेसबुकलाई ५ अर्ब अमेरिकी डलर बराबरको जरिवाना हुने

फेसबुकलाई अमेरिकाको एक नियामक निकायले कुनै टेक कम्पनीलाई गरेको जरिवानाहरूमध्ये अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना ५ अर्ब अमेरिकी डलर बराबर गर्न सक्ने भएको छ । यसको जानकारी फेसबुकले आफ्ना लगानीकर्ताहरूलाई दिएको छ । फेसबुकलाई उपभोक्ताको निजतासम्बन्धी अधिकारको उल्लंघन गरेकोमा फेडरल ट्रेड कमिसनले यो जरिवाना गर्ने भएको हो ।

फेडरल ट्रेड कमिसनसँग जारी विषयमा सन् २०१९को पहिलो त्रैमासिकमा कानुनी खर्च ३ अर्ब अमेरिकी डलर बराबर भएको आफ्नो वित्तीय प्रतिवेदनमा फेसबुकले उल्लेख गरेको छ । यो जानकारी दिँदै फेसबुकले यससम्बन्धी घाटा ३ अर्ब देखि ५ अर्ब अमेरिकी डलर बराबरसम्म हुन सक्ने जनाएको छ । 

यो खर्च बढनुको कारण यो उपभोक्ताको निजता सम्बन्धी विवाद अझ समाप्त भइ नसकेकाले लाग्ने अनुमान गरिएको छ ।


फेडरल ट्रेड कमिसनले फेसबुकलाई लागेको यो आरोपका बारेमा अनुसन्धान गरिरहेको छ । सन् २०११मा फेसबुकले वैधानिक सहमतिको उल्लंघन गरेको पाइएको थियो । ८ करोड ५० लाख उपभोक्ताको सूचनाको सुरक्षा गर्न फेसबुकले नसकेको क्याम्ब्रिज एनलाइटिकाले अध्ययन गरेको थियो ।

यसअघि यस किसिमको विषयमा गुगललाई सन् २०१२मा २ करोड २०लाख अमेरिकी डलर बराबरको जरिवाना गरिएको थियो । क्याम्ब्रिज एनलाइटिकाले गरेको खुलासाका आधारमा सन् २०१८को मार्चदेखि फेडरल ट्रेड कमिसनले अनुसन्धान गरिआएको छ ।

२०७६ साल वैशाख १२