किम पुटिनको भेटले विश्व राजनीतिमा पार्ने प्रभाव

किम पुटिनको भेटले विश्व राजनीतिमा पार्ने प्रभाव

उत्तर कोरियाली नेता किम जोङ् उन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न रूस पुगेका छन् ।

यो वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भनिएको तेस्रो शिखर वार्ता अघि भइरहेको छ ।

दोस्रो शिखर वार्ता भियतनामको राजधानी हनोइमा राखिएको थियो । त्यो अमेरिकाको गुन्डा नाइके व्यवहारका कारण भंग भएको उत्तर कोरियाले जनाएको थियो ।

विश्लेषकहरूका अनुसार खास्टोमा बेरिएको अमेरिकासँग उत्तर कोरियाको परमाणु वार्तालाई किम पुटिनको यो वार्ताले फेरि खुलाउन सक्नेछ ।

उत्तर कोरियाको सीमानाबाट एक सय २९ किलोमिटर टाढा रहेको रूसको भ्लादिभोस्तोकमा पुटिन किम वार्ता हुने भएको छ । यो ठाउँ रूसको तियुमेन नदीको किनार हुँदै १७ किलोमिटर टाढा मात्र अन्तर्राष्ट्रिय सिमाना छ । सोभियत संघको पतनपछि रूसले पश्चिमा समर्थित संयुक्त राष्ट्रसंघले उत्तर कोरिया विरूद्ध लगाएको  आर्थिक नाकाबन्दीलाई समर्थन गर्नेदेखि रूससँगको सम्बन्धलाई उत्तर कोरियाले भूराजनीतिक हिसाब गर्ने विधिबाट मस्कोलाई हटाइदिएको थियो ।

फेब्रुअरीमा भएको ट्रम्प किम हनोइ वार्ताको असफलतापछि पोङ्ग्याङ र मस्कोबीचको यो न्यानोपनको बुझाई अमेरिकाका लागि के होला भन्ने सवाल पुटिन किम भ्लादिभोस्तोक वार्ताले खडा गरेको देखिएको छ ।  

पत्रकार तथा लेखक म्यारी देजेभस्की भन्छिन् “छिमेकी भएको नाताले उत्तर कोरियाको स्थायित्व रूसको स्वाभाविक हिस्सेदारी हुन्छ ।” यो वार्ता ट्रम्पका लागि पोङ्ग्याङसँग अर्को देशहरू रहेको संकेत गर्छ तर यसलाई ट्रम्पले कुनै व्यक्तिगत अपमानको रूपमा लिन नहुने उनले बताइन् ।

देजेभस्की भन्छिन् “ट्रम्पले यो वार्ताको विषयमा  प्रतिक्रिया दिन केही आतंकित पार्ने खालको ट्विट गर्न सक्छन् तर उनले यो पुटिन किम शिखर वार्ता किन भयो भन्ने विषय बुझ्नुपर्छ ।”

रूसको ग्लोबल अफेयर्सका प्रधानसम्पादक फ्योदर लुकायानोभले उत्तर कोरियाली कुटनीतिका अन्य सबै अपेक्षाहरूलाई अमेरिकासँगको परमाणु निरशस्त्रीकरणसम्बन्धी वार्ताहरूले छायामा पार्ने विश्वास व्यक्त गर्छन् ।

लुकायानोभ भन्छन्“आफूसँग भरपर्दो र शक्तिशाली मित्रहरू रहेको दर्शाइ अमेरिकामाथि राजनीतिक र मनोवैज्ञानिक दबाब सिर्जना गर्न किमले पुटिनसँगको  शिखर वार्ताका आयोजना गरेको देखिन्छ । तर यो सबै अमेरिकासँगको सम्बन्धका बारेमा रहेको छ ।”

असफल हनोइ शिखर वार्ताको दुई महिना नपुग्दै पुटिनसँगको यो शिखर वार्ता भइरहेको छ । किमले ट्रम्पका शक्तिशाली राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र विदेशमन्त्री माइक पोम्पेओ हनोइ शिखर वार्ताको असफलताको दोषी ठहर गरे । ट्रम्प किम शिखर वार्ताका क्रममा शक्तिशाली मानिएका किम योङ चोललाई पुटिनसँगको शिखर वार्ताको क्रममा किमले पाखा लगाएका छन् । ट्रम्पका दुबै शिखर वार्ताका तयारीमा किम योङ चोल मात्रै थिएनन कि चीनका दुबै भ्रमणमा उनले सघाएका थिए ।

अहिलेको रूस कोरियाली प्रायःद्वीपको विषयमा चीन वा अमेरिका वा पुरानो सोभियत युनियनको तुलनामा कम भूमिका रहेको छ । सापेक्षिकरूपमा यो भेटवार्ताबाट मस्कोलाई केही फाइदा गराउने मस्कोस्थित कोरियाली अध्ययन प्रतिष्ठानका अनुसन्धानकर्ता इभगेनी किमको बुझाइ छ ।

उत्तर कोरिया र रूसका सम्बन्ध पुरानो समयमा निकटतम रहेको थियो र त्यसको सदभाव अझ बाँकी रहेको उनले जनाए । उनका अनुसार यो शिखर सम्मेलन ट्रम्प विरोधी छैन् । 

गत साता अमेरिकी राष्ट्रपतिका रूस मामिलाका सल्लाहकार फिओना हिलले मस्कोको भ्रमण गरेकी थिइन् । मस्कोको भ्रमणमा उनले अन्य कार्यका अतिरिक्त कोरियाका रूसी विज्ञहरूसँग भेटघाट गरेकी थिइन् । अमेरिकी राष्ट्रपति ट्रम्पका रूसी विज्ञको भ्रमणपछि किमको यो भ्रमण भएको हो । साथै ट्रम्पले उत्तर कोरियासँगको परमाणु वार्तामा हतार गर्न नहुने बताएका थिए । यसका लागि समय लाग्ने बताएका थिए । 

यी सारा राजनीति कुटनीतिक प्रसङ्गले ट्रम्पलाई फेरि एक पटक अमेरिकी राष्ट्रपति बनाउने होइन भन्ने कुटनीतिज्ञहरूको आंशका छ । ट्रम्पले आफ्ना पूर्ववर्ती बराक ओबामाले चालेका कुटनीति भन्दा भिन्न किसिमको कुटनीतिक कदम चालेका छन् । इरानसँग अन्तर्राष्ट्रियरूपमा गरिएको बहुपक्षीय परमाणु सम्झौताबाट पछाडि हट्नु, क्युबासँगको विस्तार गरेको कुटनीतिक सम्बन्धलाई फेरि त्यही ठाउँमा ल्याएर आर्थिक नाकाबन्दी लगाउनु र इरानसँग परमाणु कार्यक्रमको सम्झौताबाट पछि हटेर उत्तर कोरियासँग परमाणु कार्यक्रम बन्द गराउने पहल अगाडि बढाउनु, मेक्सिकोमा पर्खाल खडा गर्नु जस्ता विषय ट्रम्पका भिन्न किसिमको कुटनीति कदमहरू हुन् । यसले देखाउने संकेतले ट्रम्प आफू दोस्रो कार्यकालका लागि राष्ट्रपति बनाउन चाहेका कदमहरू भएकोमा आंशका गर्ने ठाउँ कुटनीतिकवृतमा देखिदैन । 
२०७६ साल वैशाख १२