भारतको चौथो चरणको चुनावमा अपराधी र करोडपतिको सहभागिता बढी

भारतको चौथो चरणको चुनावमा अपराधी र करोडपतिको सहभागिता बढी

भारतको तल्लो सदन लोकसभाको चौथो चरणको निर्वाचनमा करोडपति, अपराधी र कम पढालेखा उम्मेदवारहरूको वर्चस्व रहेको छ ।  २९ अप्रिलमा चौथो चरणको चुनाव हुने भएको छ । यो चुनावमा उम्मेदवार भएकाहरूमा ३३ प्रतिशत करोडपति छन् भने १७ प्रतिशत उम्मेदवार गम्भीर प्रकृतिका फौजदारी अभियोग लागेका व्यक्तिहरू रहेका छन् । 

७१ स्थानको निर्वाचनका लागि हुने निर्वाचन भाग लिने ९२८ जना उम्मेदवारहरूको अध्ययनबाट यस्तो नतिजा अगाडि आएको हो । एडीआरले गरेको अध्ययन अनुसार यो निर्वाचनमा भाग लिन पचास प्रतिशत हाइस्कूल छिचोलेका छैनन् ।


सत्तारूढ दल भाजपाले सारेका उम्मेदवारहरूमा ४४ प्रतिशत उम्मेदवार सामान्य फौजदारी अभियोग लागेका छन् भने गम्भीर प्रकृतिका फौजदारी अभियोग लागेका ३५ प्रतिशत रहेका छन् । कांग्रेस पार्टीका उम्मेदवारमा सामान्य फौजदारी अभियोग लागेका ३२ प्रतिशत छन् भने १६ प्रतिशत गम्भीर प्रकृतिका फौजदारी अभियोग लागेका उम्मेदवार छन् ।


करोडपतिहरूको सहभागिता यी दुई पार्टीको तर्फबाट बराबर प्रतिशतमा रहेका छन् । औसत सम्पत्ति भएकाहरूको उम्मेदवार भाजपा भन्दा कांग्रेसले यो क्षेत्रमा बढी उठाएको देखिएको छ ।

सन् १९३३/३४ मा जर्मनका तत्कालीन ठूला उद्योगपतिहरुलाई आफ्नो पक्षमा उभ्याउन हिटलरको नाजी  पार्टी सफल भएको थियो । सत्तारुढ पार्टीमा ठूला औद्योगिक तथा व्यापारिक घरानाहरुको समर्थन र प्रभाव बढ्दै जानुले प्रजातन्त्रको आयतन खुम्चदैं जान्छ र यसले कालान्तरमा फासिस्टिकरणको बाटो प्रशस्त गर्दछ । 

भारतको यो निर्वाचनले त्यही अशुभ दिशातिर संकेत गर्दछ ।