विश्वको धार्मिक क्रिडास्थल बन्दै नेपाल, दाङमा बाइबल बाँड्दै हिँड्दा अमेरिकी नागरिक समातिए...

विश्वको धार्मिक क्रिडास्थल बन्दै नेपाल, दाङमा बाइबल बाँड्दै हिँड्दा अमेरिकी नागरिक समातिए...

काठमाडौं, १३ बैशख । पछिल्लो समय नेपाल विश्वकै धार्मिक क्रिडास्थल बन्दै गएको छ । यहाँ धर्मको नाममा व्यापक चलखेल हुने गरेको पाइएको छ । धर्मका नाममा काठमाडौं उपत्यकालगात बिभिन्न पहाडी जिल्लाहरुमा क्रिश्चियन धर्म र तराईका जिल्लाहरुमा मुस्लिम धर्मको व्यापक प्रचारप्रसार भइरहेको छ ।


नेपालको संविधानमा धर्मनिरपेक्षता उल्लेख गरेपछि यहाँ धर्मको नाममा देशी विदेशी शक्तिहरु चल्मलाउन थालेका छन् । दिनदहाडै धर्म परिवर्तन गराउन बाइबल बोकेर घर चाहर्ने क्रिश्चियनदेखि मदरशा शिक्षाको नाममा मुस्लिम धर्मको जनशक्ति तयार हूँदैछ । उता राप्रपाका अध्यक्ष कमल थापा र नेपाली काँग्रेसका नेता शशांक कोइरालाहरु पनि संविधान विपरीत हिन्दू धर्मको माग गर्दै हिँडेका छन् ।


यही सन्दर्भमा दाङ जिल्लाको बिभिन्न दुर्र्गम ग्रामिण भेगमा पुगी गरीव, दलित, जनजाति लगायतको बस्तीमा पुगेर क्रिश्चियन धर्मको प्रचारमा बाइबल बाँड्दै हिँड्ने अमेरिकी नागरिक सिङ्को आम्का ओजनामेलगायत केही नेपाली धर्मप्रचारकहरुसमेत पक्राउ परेका छन् । उनीहरुले न्यून आयश्रोत भएका व्यक्तिहरुलाई आर्थिक प्रलोभनमा पारी जवर्जस्ती धर्म परिवर्तन गराउँदै हिँडेको स्थानीयको आरोप छ । 


पर्यटक भिसामा नेपाल आएका ती अमेरिकी नागरिकलगायतको टोलीलाई घोराहीको डोको होटलबाट प्रचारसामाग्रीसहित बैशाख १० गते प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा नेपाल क्रिश्चियन महासंघका महासचिव डिल्लिराम पौडेल, कुन्साङ तामाङ, प्रमोद काफ्ले रहेका छन् । उनीहरुलाई रिहाइ गर्न भन्दै इसाई समुदायका अध्यक्ष सन्तुले विज्ञप्ति जारी गरेका छन् । र, प्रजि कार्यालयमा पुगेर ज्ञापनपत्र दिएका छन् । 


श्रोतका अनुसार जवर्जस्ती क्रिश्चियन धर्म परिवर्तन गराउन चालिएको यो चलखेल सभामुख तथा पूर्व माओवादी नेता कृष्णबहादुर महरा र नेपाली काँग्रेसका सांसद डिल्लिराम चौधरीको निर्वाचन क्षेत्रमा घनिभूत रुपमा केन्द्रित छ ।


विदेशीको खर्च र दानापानामा नेपालमा हिन्दूधर्म फर्काउन चाहनेहरु सुक्ष्म रुपमा केलाउँदै जाँदा नेपाली काँग्रेस, सत्ताधारी दल नेकपा, राप्रपा, तराई केन्द्रित दल र अन्य सानातिना सबै दलहरुमा धेरै संख्यामा रहेको नाम उल्लेख नगर्ने शर्तमा एक राजनीतिक विश्लेषकले झिल्कोलाई बताए ।


 धर्मका नाममा हुने यस्ता बिभिन्न गतिबिधि र काइते राजनीतिको बेलैमा समाधान नगरे यसले भोलिका दिनमा समस्या ननिम्त्याउला भन्न सकिन्न ।


नेपाल सरकारको कुनै पनि अनुमति नलिई नेपाल प्रवेश गर्ने र यहाँको भूराजनीतिक तथा धार्मिक स्वतन्त्रताको फाइदा असुल्दै आफ्नो स्वार्थको पोल्टो भर्नेहरुको खुलेआम जगजगी मच्चिएको छ ।


भारत निकट संस्था र राजदुतावासले त कुनै अनुमति नलिई नेपालमा आफ्ना गतिविधि बढाएकै हो, अब पश्चिमा देशका संस्था र पश्चिमा राजदुतहरुले पनि विभिन्न विकास परियोजना, सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयन लागि समन्वय एवम् सहजीकरणको नाममा आफ्नो नीति लागू गर्ने र नेपालको र छिमेकी देशको सार्वभौमिकतामा गम्भीर प्रभाव पार्ने कार्यमा सक्रिय रहेका छन् ।


अमेरिकी कर्नर संस्था ‘एक्सन फर डिजास्टर प्रिपरेशन ग्रुप’ इलामका विभिन्न विद्यालयमा अन्तरक्रियामा सहभागी हुने भन्दै यहाँका प्रशासन त्यसको सुरक्षा र व्यवस्थापनका लागि दौडधुप गरिरहेका छन् ।


अमेरिकी राजदुत रेण्डी वेरी इलाम पुगेर इलाम–७ स्थित आदर्श माविको अंग्रेजी कक्षा अवलोकन गरेको भन्दै अमेरिकी दुतावासका कर्मचारीले बताएका छन् । भारतमा निर्वाचन भइरहेको र त्यसको सीमा नजिक उनको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।