गृहमन्त्रालयको पहलमा खुलामञ्चमा चल्यो डोजर

गृहमन्त्रालयको पहलमा खुलामञ्चमा चल्यो डोजर

काठमडौं, १४ बैशाख । काठमाडौंको खुलामञ्चमा अनुमतिबिना बनेका संरचनाहरु गहृमन्त्रालयको पहलमा भत्काउन सुरु गरिएको छ ।


खुलामञ्च अतिक्रमणबारे सञ्चामाध्ययमा निरन्तर समाचार प्रकाशित हुन थालेपछि सो बारेमा गृहको ध्यानाकर्षण भएको हो । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले गैर कानूनी रुपमा मापदण्ड मिचेर बनाइएका संरचनाहरु हटाउन आनाकानी गरेपछि शनिबार सो क्षेत्रमा डोजर प्रयोग गरिएको हो ।


मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चको संरचना हटाउन उपमेयर हरिप्रभा खड्गीलाई जिम्मेवारी दिए पनि उनले अटेर गर्दा भत्काउन समय लागेको थियो । चैत २४ गतेको नगर परिषद् बैठकमा उपमेयर हरिप्रभा खड्गीलाई खुलामञ्चमा बनिरहेका सटर अनुगमन गरी खाली गराउन निर्देशन दिएको थियो ।


मेयर शाक्य नेकपा र उपमेयर खड्गी नेपाली काँग्रेस निकट भएका हुँदा काठमाडौं महानगरमा निर्णंय लिन र विकासका काम गर्न ढिलाइ हुने गरेको छ ।