चीन तर्साउन जापानलाई दबाब दिँदै अमेरिका

 चीन तर्साउन जापानलाई दबाब  दिँदै अमेरिका

चीनसँगको व्यापारिक प्रतिस्पर्धामा कमजोर बन्दै गएपछि अमेरिकाले आफ्नो सहयोगीहरूमाथि दबाब दिन थालेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री शिन्जो आबेलाई अमेरिकामा बढी भन्दा बढी गाडी बनाउन दबाब दिएका छन् ।

ट्रम्पले आबेलाई जापानी गाडी निर्माता कम्पनीहरूलाई अमेरिकामा बढी भन्दा बढी गाडी बनाउन तयार पार्न दबाब दिएका हुन् ।

जापानस्थित अमेरिकी राजदूतावासमा ट्रम्प र आबे बीच हालै भएका भेटवार्ता आधारित पढिएको एक सूचनामा यस्तो उल्लेख भएको छ ।

टोयटा मोटर कमपनीले अमेरिकामा कारखाना खोल्न लगानी लगाउने घोषणा लगायतका कार कम्पनीहरूका बारेमा ट्रम्प र आबेबीच छलफल भयो ।
 
ट्रम्पले अमेरिकामा बाहिरबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशतसम्म भन्सार महसुल लगाउने घोषणा गरिसकेका छन् । यस्तोमा जापानी कम्पनीलाई अमेरिकामा गाडी बनाउँदा फाइदा हुने उनले जापानी लगानीकर्तालाई बताएका थिए ।

ट्रम्पले जापानसँग अमेरिका र जापानबीचको नयाँ व्यापार सम्बन्धी सम्झौता हुने विश्वास व्यक्त गरेका छन् । मे महिनामा ट्रम्पले टोकियोको भ्रमण गर्ने भएका छन् । तर आबे र ट्रम्पको व्यापारसम्बन्धी बुझाइ फरक रहेको छ ।

ट्रम्पले विश्वका २० औद्योगिक राष्ट्रहरूको समूह जी ट्वेन्टीको शिखर सम्मेलन जुन महिनामा जापानको ओसाकामा राख्ने योजना बनाइरहेका छन् । यसका अतिरिक्त चीनसँगको व्यापार सम्झौतासम्बन्धी वार्ता सफलतामा पुग्ने विश्वास ट्रम्पको रहेको जापानका लागि अमेरिकी राजदूतले जनाएको सञ्चार माध्यमहरूले जनाएका छन् ।