नेपालले आन्तरिक र बाह्य नीतिको निर्णय आफैं गर्छ : गृहमन्त्री वादल

नेपालले आन्तरिक र बाह्य नीतिको निर्णय आफैं गर्छ  : गृहमन्त्री वादल

१७ वैशाख, काठमाडौं । चीनले अगाडि सारेको ‘वान बेल्ट एन्ड वान रोड’ भौतिक पूर्वाधारसम्बन्धी परियोजना नेपालका लागि धेरै महत्वपूर्णको भएको हो नेपालका गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले वेन हुइ दैनिकसँग त्यतिखेर बताएका छन् जतिखेर नेपालका राष्ट्रपति विद्याभण्डारी ‘वान बेल्ट एन्ड वान रोड’  परियोजनाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा र सन् २०१९को विश्व फलफूल प्रदर्शनीमासमेत सरिक हुने गरी अप्रिल २४देखि मे २ सम्मको राजकीय भ्रमणमा चीन पुगेकी छिन । 

 वेन हुइ दैनिकका काठमाडौं संवाददातालाई गृहमन्त्री रामबहादुर थापा बादलले दिएको  एक विशेष अन्तर्वार्तामा ‘वान बेल्ट एन्ड वान रोड’ परियोजना नेपालका लागि धेरै महत्वपूर्णको भएको बताए । नेपाल सदैव एक चीन नीतिलाई सम्मान गर्दै आएको बताउँदै उनले संयुक्त सीमासुरक्षा र सामाजिक स्थायित्वका विभिन्न अवधारणका लागि चीनसँग अझ बढी गहिरो र बृहत सहयोग सञ्चालन गर्न नेपालको चाहना रहेको बताए । नेपाललाई विभिन्न क्षेत्रमा गर्नुपर्ने विकासको चाहना पूरा गर्न आवश्यक परियोजनाको रूपमा मिल्दोजुल्दो गरी चीनको वान बेल्ट एन्ड वान रोड अगाडि आएको छ ।

नेपालजस्तो भूपरिवेष्ठित देशका लागि चीनसँगको सम्पर्कलाई सम्वद्र्धन गरिरहनु धेरै महत्वपूर्ण छ  भन्दै उनले भने “विशेषगरी सडक र रेल निर्माण परियोजना र दुई देशबीचको सीमा वारपार यातायात विस्तार परियोजना जसले नेपालको आर्थिक विकासमा धेरै प्रवद्र्धन गर्नेछ । ठीक यहीबेला नेपालले चीनबाट नेपालमा सामाजिक आर्थिक लगानी र यसका सबै तहलाई अभिवृद्धि गर्न हुने लगानीलाई स्वागत गर्छ ।”

एक चीन नीतिप्रति प्रतिबद्ध रही नेपालले आफ्नो छिमेकीलाई हानी पु¥याउने गरी कुनै पनि गतिविधिलाई कहिल्यै अनुमति नदिने प्रतिबद्धता जनाउँदै उनले भने “यस सम्बन्धमा कहाँबाट कस्तो बाह्य दबाब आउँछ त्यसको अर्थ हुँदैन्,  नेपालले आफ्नो आन्तरिक र बाह्य नीतिको निर्णय गर्ने अधिकार न त कसैलाई कहिल्यै दिनेछ न एक चीन नीतिप्रतिको प्रतिवद्धतालाई प्रभावित पार्न दिनेछ । यस विषयमा नेपाल र चीनले मिलेर धेरै कार्य सञ्चालन गरेको बताउँदै गृहमन्त्री बादलले भने “सीमा सुरक्षा र क्षेत्रीय स्थायित्वका लागि संयुक्त व्यवस्थापन र नेपालकोे आर्थिक विकासका लागि राम्रो वातावरण सिर्जना गर्ने  कार्यक्रमलाई नेपालले स्वागत गर्छ ।”