श्रीलंका हमलाकारले भारतमा प्रशिक्षण लिएको आशंका

श्रीलंका हमलाकारले भारतमा प्रशिक्षण लिएको आशंका

श्रीलंकाका तीन चर्च र होटलहरूमा भएका आत्मघाती बम विस्फोटनका आरोपित गुरू योजनाकार (मास्टर माइन्ड)ले भारतमा प्रशिक्षण लिएको विषयले उठाएका सवालहरूको जवाफ खोज्ने गरी छानबिन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

भारतको ‘द हिन्दु’ले पहिलो पटक सो आत्मघाती बम विस्फोटनका मास्टर माइन्ड भारतमा प्रशिक्षण लिएको पाइएको समाचार नाम उल्लेख नगराउने शर्तमा श्रीलंकाली सेनाको उच्च स्रोतको हवाला दिँदै छापेपछि एसियाली सञ्चार माध्यमले यो विषयलाई महत्व दिएको देखियो । संदिग्ध आतंकी नेता जहरान हाशिमले दक्षिण भारतमा तालिमका लागि पर्याप्तसमय बिताएको समाचारमा उल्लेख गरिएको थियो ।

श्रीलंकाली नेताहरूले राष्ट्रिय थोहिद जमात (एनटीजे) नामक समूह सो हिंसात्मक घटनामा संलग्न रहेको र तिनको तालिम तमिल विद्रोही संगठन एलटीटीईले कुनै बेला तालिम पाएको आधार शिविरमा पाएको तथा सोही प्रकृतिको हिंसात्मक घटना भएको खुलासा गरेको समाचार सार्वजनिक भए ।

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विंग ‘रअ’ ले एलटीटीईलाई हिंसात्मक घटना गराउन तालिम दिएको र सहयोग गरेको पर्याप्त दस्तावेज रहेको समाचारमा उल्लेख छ । सन् १९८३ देखि १९८७ सम्म ‘रअ’ ले सहयोग गरेको थियो । पछि भारतले एलटीटीईको विरोधमा लागेपछि उसले आत्मघाती आक्रमण गरी सन् १९९१मा  तत्कालीन प्रधानमन्त्री राजीव गान्धीलगायतको हत्या गरेको थियो । तर रको केहीले एलटीटीईलाई  श्रीलंकाली सेनले सन् २००९ को मेमा समाप्त नपारेसम्म सहयोग गरिरहेको थियो ।

यस परिदृश्यमा सन् २०१९ को अप्रिल महिनामा श्रीलंकामा भएको हिंसात्मक घटनाबारे भारतको प्रतिस्पर्धी देश तथा परम्परागत शत्रु पाकिस्तानको गुप्तचर संस्था आइएसआइले सहयोग गर्ने जनाइएको छ । 

भारतीय सञ्चार माध्यमले यो घटनामा भारतको सम्बन्ध रहेको जनाइरहेका बेला आईएसआईले सहयोग गर्ने प्रस्ताव अगाडि आएको बेला यसका गुरू योजनाकारको तालिममा भएको प्रशिक्षणले उठाएको सवालको जवाफ खोज्न आवश्यक हुने देखिएको छ ।

पाकिस्तानले श्रीलंका समक्ष यो घटनाको सत्य तथ्य र लुकी बसेका अपराधीको खोजतलाश गर्न आवश्यक हुने अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाइरहेका बेला यो आवश्यकता महत्वपूर्ण छ । यो घटनामा एनटीजे जस्ता  सानो संगठनले यस्तो ठूलो घटना गराएकोमा प्रशस्त आंशका गरिएको छ ।

संदिग्धहरूको बोलीचाली, भारतमा भएका यस्ता हिंसात्मक घटनामा संलग्न भएका आरोपित पाकिस्तानीहरूको बारेमा, श्रीलंकाको हिंसात्मक घटनाका संदिग्धहरू श्रीलंकाली हुन वा विदेशीबारे अनुसन्धानको विषय बन्नु पर्छ । हिंसात्मक घटना गराउने आतंकीहरूको शव परीक्षण, उनीहरूले यो घटना घटाउन सक्रिय भएको परिवन्दका विषयमा परीक्षण गर्नुपर्ने हुन्छ । सन् २००८ मा भारतको मुम्बईमा भएका आक्रमणहरूलाई राजनीतिक रण गरिएका विषयमा नखुलेका पाटोमा अनुसन्धान हुनुपर्छ । आउँदा दिनमा श्रीलंकाली नेताहरूको बोलीका बारेमा पनि परीक्षण गर्नुपर्ने हुनुपर्छ ।

यस क्षेत्रमा भइआएका हिंसात्मक घटनाहरूबाट कसलाई फाइदा पुगेको विषयबारे जानकारी लिनु अनुसन्धानको विषय बन्नु पर्छ । श्रीलंकाको राजनीतिक नेतालाई यसबाट राजनीतिक लाभ हुने वा नहुने विषय पनि अनुसन्धानको विषय बन्नु पर्छ । एलटीटीई पुनः जन्माउन यो घटना भएको हो कि जस्ता विषयमा ध्यान दिनुपर्छ । एलटीटीईलाई विदेशी शक्तिले सहयोग गरेको रहेको छ भने यसका विनाशबाट कुन विदेशी शक्तिलाई फाइदा पुग्ने विषयको खोज तलाश हुन आवश्यक हुन्छ । भारतले शुरूमा एलटीटीईलाई किन सहयोग ग¥यो, राजीव गान्धीको हत्याका बेला कसलाई फाइदा पु¥याउन एलटीटीईको प्रयोग गरियो । ‘रअ’ ले किन फेरि एलटीटीईलाई पुनर्जीवन दिने प्रयास गरेको थियो । श्रीलंकाले चीन र पाकिस्तानसँग सम्बन्ध बनाइरहेका बेला भारतलाई फाइदा पुग्ने गरी र चीनबाट टाढा गर्न यो आक्रमण गराएको हो कि भन्ने सवालबारे अध्ययन हुनु आवश्यक छ । भारतको भाजपालाई जारी आन्दोलनभरि हिन्दुत्वको राग अलाप्न सहयोग पुग्ने हो कि भन्ने सवाल खडा छ ।

लागू औषधको विषय पनि यस सन्दर्भमा महत्वपूर्ण विषय छ । आतंकीहरूका आक्रमणमा लागू औषधको उपयोग हुने गरेको छ । हिंसात्मक घटनामा संलग्न भएकाहरूको वासस्थान लागू औषधको कारोबार हुने क्षेत्रमा रहेको पाइएको छ । उनीहरूको सम्बन्ध लागू औषध ओसार पसारका लागि त भइरहेको थिएन । श्रीलंका दशकौंदेखि हिंसात्मक घटनाबाट पीडित रहँदै आएको छ । कुनैबेला धर्म निरपेक्ष वामपन्थी पार्टी जेभीपी, एलटीटीई र अहिले मुस्लिम धर्मका पक्षधरबाट हिंसात्मक घटना भएका छन्  । भारतमा मुस्लिम विरोध शक्ति भाजपा सरकारमा रहेको छ ।

श्रीलंकाली प्रधानमन्त्री मैथिरिपला सिरिसेनाले आफ्नो हत्या रले सन् २०१८म ागर्न खोजेको आंशका व्यक्त गरेका विषयलाई अनुसन्धानको विषय बनाउनुपर्छ । श्रीलंका चीनको द बेल्ट एन्ड रोडमा सहभागी भएको छ । श्रीलंकाको अर्थतन्त्रलाई यसरी कमजोर पार्न त गरिएको होइन भन्ने सम्बन्धबारे यो अध्ययन हुनुपर्ने देखिन्छ । पाकिस्तानको गुप्तचर संस्था आईएसआईले यस्ता विषयहरूको बारेमा अनुसन्धानलाई केन्द्रीत गरी श्रीलंकालाई सघाउनुपर्ने देखिएको छ ।

११ भारतीय गरी तीनसय जतिको मृत्यु हुने गरी भएको तीन चर्च र तीन सुविधासम्पन्न होटलहरूमा  गरिएको आत्मघाती बम विस्फोटनका सन्दर्भममा एक सय जतिलाई आंशकाको आधारमा पक्राउ गरिएको छ । श्रीलंकाली सेनाले गरेको खोजतलाशको क्रममा १५ जना मारिएका छन् । त्यसमा ती आत्मघाती बम विस्फोटक समेत रहेको जनाइएको छ । 

यससन्दर्भमा भारतीय अनुसन्धानकर्ताहरूले ९ आत्मघाती मध्येका एक मोहम्मद मुबारक अजान सन् २०१७ मा भारत दुई पटक आएको जनाएका छन् । भारत आउने आतंकीमा अजान दोस्रा व्यक्ति हुन् । अन्य भारत आएकामा जहरान हाशिम हुन् । अजानले आफूलाई अप्रिल २१ मा बिस्फोट गराएका थिए ।

भारतीय अधिकारीहरूले अजान भारतमा आएर कोसँग सम्पर्क गरे र कहाँ कहाँ गए भन्ने जानकारी दिन नचाहेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
इश्लामिक स्टेटले (आइएस) हासिम र अन्य ७ जनाले आइएस प्रमुख अबु बकर अल बगदादीसमक्ष प्रतिबद्धता जनाएको भिडियो सार्वजनिक गर्दै श्रीलंकाको घटनाको जिम्मा लिएको छ ।
भारतीय अधिकारीहरूका अनुसार हाशिमको सम्बन्ध तमिलनाडु थोहिद जमात (टीएनटीजे)सँग पनि रहेको छ । टीएनटीजे भने कुनै हिंसात्मक गतिविधिमा संलग्न रहेको पाइएको छैन् ।
अर्का भारतीय अधिकारीका अनुसार श्रीलंकाले आइएसका कम्तीमा तीन बरिष्ठ सदस्यलाई पश्चिमा देशबाट त्यहाँको टापूमा सन् २०१८ मा प्रवेश गरेको पत्ता लगाएको छ ।

भारतीय अनुसन्धानकर्ताहरूका अनुसार हाशिमले केरलाको मालाप्पुरम र तमिलनाडुको कोयम्बटोर, तिरुचिराप्पाली, तिरुनेलवेली, भेलोर र नागापट्टिनमको भ्रमण गरेका थिए ।
यी विषयहरूमा अनुसन्धानलाई केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । दक्षिण एसियाका लागि यो विषय महत्वपूर्ण हुने देखिएको छ ।-समयबद्धबाट