कन्हैया कुमारको जीत निश्चित

कन्हैया कुमारको जीत निश्चित

भारत, बेगुसराय । बिहार बेगुसराय जिल्लाबाट भारतीय कम्युनिस्ट पार्टी (सपीआई) का उम्मेद्वार डा. कन्हैया कुमार विजय नजिक भएको समाचार प्राप्त भएको छ । भारतीय विद्युतीय माध्यमहरुले महागठबन्धनले आफ्नो उम्मेद्वार तनवीर हसनलाई उम्मेदवारी फिर्ता लिन लगाएपछि उनको विजय सुनिश्चित भएको जनाइएको छ । उनका विरुद्ध भजपाले मन्त्री गिरिराज सिंहलाई उम्मेद्वार बनाएको थियो ।
जवाहरलाल नेहरु विश्वविद्यालय छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारलाई भाजपा सरकारले राष्ट्रघातीको संज्ञा दिँदै पक्राउ गरेपछि उनी एकाएक चर्चामा आएका थिए । बेगुसराय (चौथो चरण)मा हिजो निर्वाचन सम्पन्न भयो । यो निर्वाचनमा कुमारको सफलतासँगै दक्षिण एसियामा स्वच्छ छवीका युवाहरुको प्रवेश हुने संकेत देखिएको छ । कन्हैया कुमारले भाजपाको अन्धराष्ट्रवाद (हिन्दु धर्मतन्त्रात्मक सांस्कृतिक राष्ट्रवाद) लाई प्रमुख मुद्दा बनाएका थिए । आमभारतीयको जनजीविका, किसान–मजदुर, विकास–निर्माण, भ्रष्टाचार, बेरोजगारी, बहुराष्ट्रिय कम्पनीका लूट, अन्धविश्वासलगायत स्थानीयका समस्यालाई कन्हैयाले चुनावी मुद्दाका रुपमा उठाएका थिए ।