तस्कर र प्रहरीबीच झडप, प्रहरीको हतियार लुटियो
१८ बैशाख, जनकपुर । धनुषाको मुखियापट्टि मुसरनीयाँ नाकामा आज तस्कर र प्रहरीबीच झडपका क्रममा प्रहरीको हतियार लुटिएको छ ।
नेपालबाट भारततर्फ अबैध रुपमा रक्सी लगिरहेको तस्करकको समूह र प्रहरीबीच झडप भएको हो । सो क्रममा तस्करहरुले प्रहरीको एक थान पेस्तौल र त्यसमा प्रयोग हुने गोली म्यागजीन लुटेको बताईएको छ ।
रक्सी भारततर्फ लैजान रोकेपछि तस्करले प्रहरीमाथि आक्रमण गरेको र त्यसपछि झडप भएको प्रहरीको भनाई छ ।
गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच भएको झडपका क्रममा नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक प्रमोदकुमार साहको साथमा रहेको पेस्तोल र गोली तस्करहरुले लुटेको श्रोतको भनाई छ ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले प्रहरीको पेस्तोल खोसेको बारे अनुसन्धान भईरहेको बताए ।
घटनास्थलमा प्रहरी परिचालन गरी हतियार लुट्नेहरुको खोजी थालिएको प्रहरीको कथन छ ।
प्रतिक्रिया