काठमाडौंमा हावाहुरीले जनजिवन प्रभावित

काठमाडौंमा हावाहुरीले जनजिवन प्रभावित

काठमाडौं – काठमाडौंमा भरखरै मात्र ठुलो हावाहुरी चलेको छ । बेलुका ६ बजेर ५० मिनेटदेखि सुरुभएको हावाहुरी अहिले पनि जारी रहेको छ । हावाहुरीसँगै ठूलो भटभटे पानी र केही असिना समेत परेको छ । जसको कारणले सडकमा हिडडुल गर्ने सर्वसाधारण हुरीले प्रभावित भएका छन् । विशेषगरी आज विवाहको लग्न भएकोले बैवाहिक कार्यक्रममा सरिकहुने निम्तालुहरुलाई कष्ट परेको देखिन्छ । कतिपयको बेहुलि भित्र्याउने बेलामै भागभाग भएको थियो भने कोही स–सना नानीहरु टिपेर सुरक्षित हुन थाहेको देखिन्थे ।

आजको हुरीले ठुलो क्षेति भएको हुन सक्ने आशंका गरिएको छ । अनामनगर आसपासमा पोलमा विद्युत सट भएर आगलागी भइरहेको छ भने त्यसआसपास एरियामा केही बेर विद्युत समेत अवरोध भएको थियो । अहिलेपनि नक्साल एरियामा विद्युत आपूर्ती भएको छैन । साना तिना जस्ताले छाएका टहराहरु उडाएको छ ।

दिनभर मौसम सफा भएपनि बेलुका पख बदली हुँदा हावाहुरी सहित पानी पनि परिरहेको छ ।

बंगालको खाडीको दक्षिण पुर्बी भागमा भएको धेरै शक्तिशाली चक्रबात “फानी” बिस्तारै उत्तर – पश्चिम दिशातर्फ बढिरहेकोले काठमाडौंमा हावाहरी चलेको मौसमविदले बताएका छन ।

शुक्रबारबाट यो प्रणाली ओड़ीसा आसपास तिर मोडिने देखिन्हिएपनि बुधबारनै काठमाडौंमा यसको आगमन भएको छ । नेपालको पुर्बी र मध्य हिमाली भूभागमा भारी हिमपात तथा प्रि–मनसुन भएकोले पुर्बी र मध्यका स्थानहरुमा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविदकोअनुरोध छ ।