भेनेजुएलामा सत्ता कब्जा गर्ने अमेरिकी प्रयासको दोस्रो असफलता

भेनेजुएलामा सत्ता कब्जा गर्ने अमेरिकी प्रयासको दोस्रो असफलता

काठमाडौ । अमेरिकाले भेनेजुएलाका निर्वाचति राष्ट्रपति निकोलास मदुरोलाई हटाएर सत्ता कब्जा गर्न गरेको यो दोस्रो असफल प्रयास हो ।

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुस र पूर्व उपराष्ट्रपति डिक चेनीकोप्रशासनको मगज मानिएका कार्ल रोभले भेनेजुएलाको सत्ता कब्जा गर्न गरेको प्रचारबाजीको हतकण्डा विद्यमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उपयोग गरेको देखिएको छ ।

अमेरिका र उसको मोनरो डक्ट्रिन ल्याटिन अमेरिकामा बुस चेनी प्रशासन भएका बेला असफल भएको थियो ।

अमेरिकी राष्ट्रपति भवन, रक्षा मन्त्रालय र गुप्तचर संस्था सीआइएका युद्ध कोठाहरूमा अहिले भेनेजुएलाका निर्वाचित राष्ट्रपति मदुरोलाई अपदस्थ गर्न गरिएको प्रयासको दोस्रो असफलताबारे समिक्षा गरिएको देखिन्छ ।

ट्रम्प प्रशासनले भेनेजुएलाका प्रतिपक्षी नेता जुआन गुआइदोलाई आफ्नो कठपुतली बनाएर सत्ता कब्जा गर्न अगाडि बढाएको भए पनि सफलता पाउन सकेको छैन् । 

गुआइदोले अर्का प्रतिपक्षी नेता लिओपोल्डो लोपेजसँग मिलेर सत्ता कब्जा गर्न योजना बनाएका थिए ।

लोपेजलाई नजरबन्दबाट भेनेजुएलाको सेनाको एक टुकडीले नजरबन्दबाट मुक्त गरेपछि गुआइदोसँगको भेटघाट भएको थियो ।

गुआइदोलाई सहयोग गर्ने सेनाका अधिकारहरूलाई अहिले राजनीतिक शरण लिन ब्राजिल, चीली र स्पेनजस्ता देशका दूतावास चहार्न परिरहेको छ ।

लोपेजले गुआइदोले गर्न खोजेको सत्ता कब्जा प्रयास असफल भएको बुझेका छन् । उनले यो बुझेपछि गुआइदोलाई गरेको सहयोगका कारण आफ्नो परिवारका साथ शरण लिन हिडिँरहेका छन् ।

सन् २००२मा  भेनजुएलाका लोकप्रिय निर्वाचित राष्ट्रपति ह्युगो चाभेज विरूद्ध पनि अमेरिकाले सत्ता कब्जाको प्रयास गरेको थियो ।

चाभेजको अपहरण र सत्ताच्युत गर्ने प्रयास त्यतिखेर भएका थिए । त्यतिखेरका सैनिक अधिकारीहरूलाई बुस प्रशासनले समर्थन जनाउने हतार गरेको थिएन् ।

भेनेजुएलाको लोकतान्त्रिक प्रणालीमाथि बुस चेनी प्रशासनले पछाडिबाट आक्रमण गर्न चाहेका थिए । चाभेजलाई सैनिक अधिकारीहरूले समर्थन गर्न अनिच्छा व्यक्त गरेका थिए ।

तर यो पटक राष्ट्रपति मदुरोलाई  अधिकांश सैनिक अधिकारीले समर्थन र सहयोग गरिरहेको देखिएको छ । यस्तोमा अमेरिकाले गुआइदोलाई राष्ट्रपति घोषणा गर्न लगाई तिनको माध्यमबाट भेनेजुएलाको सत्ता कब्जा गर्न खोज्यो ।

यो पटक भेनेजुएली जनताले राष्ट्रपति दरबारमा निर्वाचित राष्ट्रपतिको सुरक्षाका लागि प्रदर्शन गरिरहेका छन् ।

सन् २००२जस्तै अमेरिकाको करपोरेट मिडियाले भेनेजुएलामा भइरहेको अमेरिकी हस्तक्षेपको गलत ढंगले प्रस्तुति गरी रहेका छन् ।

नकली समाचारहरू बनाएर भ्रम सिर्जना गर्ने काम अमेरिकी मिडियाले गरिरहेको छ ।

राष्ट्रपति मदुरोबाट गलती भएका होलान तर देशको अधिकांश समस्या उनले निम्त्याएका होइनन् ।

तेलको मूल्यमा आएको गिरावट उनले गरेका होइनन् ।आर्थिक नाकाबन्दी अमेरिकाले लगाएको छ ।

अमेरिकाले ल्याटिन अमेरिकी देशहरू विरूद्ध आर्थिक नाकाबन्दी लगाएर निहुराउन खोज्ने काम नया गरिरहेको छैन् ।

उसले गर्दै आएको हो । क्युबामा आर्थिक नाकाबन्दी लगाएर त्यहाँको कम्युनिस्ट सत्ता समाप्त पार्न खोजेको छ । तर सफलता पाएको छैन् ।

भेनेजुएलालाई सघाउने रूस र क्युबा महत्वपूर्ण देश हुन् । अमेरिकाले यहाँ सत्ता कब्जा गर्न नसकेको कारणको पछाडि रूस र क्युबा रहेका छन् ।

अमेरिकी गठबन्धनका ५० देशहरूको तुलनामा भेनेजुएलाका लागि यी दुई देश नै ठूलो शक्ति बनेको छ । अनि अमेरिकाको भेनजुएलामा दोस्रो असफल प्रयास हो ।