राजपा फोरमले मागे अनुसार संविधान संशोधन तत्काल नहुने संकेत

राजपा फोरमले मागे अनुसार संविधान संशोधन तत्काल नहुने संकेत

काठमाडौ । भारतको निर्वाचन पछि बन्ने भारतको राजनीतिक वृतले नेपालमा संविधान संशोधनको विषयलाई मात्र अगाडि बढाउने संकेत मिलेको विज्ञहरूले बताएका छन् ।

नयाँ दिल्लीस्थित एक कुटनीतिक स्रोतले जनाए अनुसार नेपाल सरकारको तर्फबाट भारतलाई यस्तो जानकारी दिएको हो ।

भारतका लागि नेपालका नवनिवयुक्त राजदूत नीलाम्बर आचार्यले हालै सार्वजनिक गरेका अभिव्यक्ति मार्फत व्यक्त विषयले यस्तो संकेत मिलेको उनले जनाए । 

नाकाबन्दीको सवालमा भारतले चालेका कदम हतारमा चालियो वा गलत कदम थियो भन्ने विषयको निक्र्यौल गरिनसकेको अवस्थामा नयाँ राजदूत आचार्यको अभिव्यक्तिले राजपा फोरमले आन्दोलन गरे अनुसार सारेको संविधान संशोधनका विषय तत्काल टुंगो नलगाउने संकेत दिएको उनको बुझाइ छ ।

सन् १९५०को सन्धी पुनरावलोकन हुने कुरो आचार्यले उठाएर ठूलो काम नगरेको भन्दै स्रोतले भन्यो “ पुनरावलोकनको विषयमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहिलो पटक प्रधानमन्त्री बनेपछि गरेको दिल्ली भ्रमणका बेला नै यो कुरा भनेका थिए ।”
 
संविधान संशोधनका माग उठाएर आन्दोलन गर्ने राजपा र फोरमले सीमा नाकामा गरेको अवरोधलाई साथ दिनेगरी अघोषितरूपमा लगाएको नाकाबन्दीका बारेमा राजदूत आचार्यले “नाकाबन्दीका कारण भएको क्षति परिपूर्ति गर्न भारतले पहल पनि गरेको छ ।

नाकाबन्दी बन्द भएपछि मात्रै हाम्रो प्रधानमन्त्रीलिे भारतको भ्रमण गरेको तथ्यलाई बुझ्नुपर्छ ।” भनी दिएको भनाइले यो संकेत मिलेको हो ।

अघोषित नाकाबन्दीको सन्दर्भमा सरकारको बुझाइमा कुनै किसिमको परिवर्तन नभएको संकेत आचार्यबाट सार्वजनिक भएको जनाउँदै नाम नखुलाउने शर्तमा स्रोतले भने “ नाकाबन्दी र संविधान संशोधनका विषय एकअर्कासँग जोडिएका हुन् ।

भारतले नै नाकाबन्दी लगाएको शर्तमा विषयलाई हेर्नुस जुनशक्तिलाई खुलारूपमा समर्थन गरेको थियो त्यो शक्ति सदनको तेस्रो चौथो शक्ति बन्न पुगेको छ । यस्ता विषय कुटनीतिमा महत्वपूर्ण हुन्छ ।”

हालै मात्रै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीहरूबीच एकीकरणको गतिविधि तीव्र भइरहेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्ति र सरकारमा रहेको संघीय समाजवादी फोरमबीचको पार्टी एकताको विषय ‘न्यूट्रलबाट एक्सलरेटरको गियर’ विधिमा पुगेको संकेत गर्दै  तत्काल संविधान संशोधनको विषय सदनबाट टुंगो लाग्ने नदेखिएको उनको दाबी छ ।

भारतमा अहिले जारी निर्वाचनको परिणामले नेपाल र भारतबीच सम्बन्धमा असर नपर्ने राजदूत आचार्यको भनाइबारे स्रोतले यो भन्नुपर्ने विषय हो र? भन्दै टिप्पणी गर्न मानेन् । 

फोरमले विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने नीति अनुरूप नयाँ शक्ति र राजपासँग अनौपचारिक छलफल गर्दै आएको थियो ।

हाल फोरम र नयाँ शक्तिबीचको  एकीकरण प्रक्रियाले गतिलिएको छ । यो प्रक्रिया सकेपछि कार्तिकमा महाधिवेशन सारेर बसेको राजपाले यसविषयमा छलफल अघि बढाउने भएको राजपाका उपाध्यक्ष सत्यनारायण मण्डलले जनाए ।