फेसबुक र इन्स्टाग्रामले कस-कसलाई खतरनाक भनी बन्देज लगायो ?

फेसबुक र इन्स्टाग्रामले कस-कसलाई खतरनाक भनी बन्देज लगायो ?

फेसबुक र इन्स्टाग्रामले इन्फोवार्स,अलेक्स जोन्स, मिलो यिन्नोपोलोस र लुइस फाराखान लगायतमाथि प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जालका यी दुई ठूलो वेबसाइट कम्पनीले खतरनाक व्यक्ति र संस्थाको सूचीमा राखेर प्रतिबन्ध लगाएको हो । यसरी प्रतिबन्ध लगाइएका व्यक्ति र संस्थाहरूलाई उल्लेख गर्ने जो सुकैलाई पनि प्रतिबन्ध लगाइने फेसबुक र इन्स्टाग्रामले जनाएका छन् ।

इन्फोवार्सका विषयवस्तुलाई सेयर गर्ने जो सुकैलाई अस्थायी वा स्थायी प्रकृतिको प्रतिबन्ध लगाइने छ ।

फेसबुकले दी अटलान्टिकलाई इमेलबाट जनाएको सूचनामा भनिएको छ “हामीले सदैव हिंसा एवं घृणा फैलाउन वा प्रवद्र्धन गर्ने व्यक्ति वा संस्थाहरूलाई प्रतिबन्धित गर्दै आएका छौं ।”

ट्विटर, युट्युब फेसबुक लगायत अन्य टेक प्लेटफर्मलगायतले जोन्स र इन्फोवार्सलाई गतवर्ष सफाइ दिएको थियो । त्यतिखेर जोन्स र इन्फोवार्सलगायत विरूद्ध प्रतिबन्ध लगाउन सीएनएन र अन्य मूलधारका भनिएका मिडियाद्वारा दबाब दिएपछि गरिएको अध्ययनबाट उनीहरूले सफाइ दिएका थिए । 

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति पदको निवचिनमा डोनाल्ड ट्रम्पलाई जिताउन र हिलारी क्लिन्टनलाई हराउन रूसी ह्याकरसका साथमा केही मिडिया लागेको भनेर आरोप लगाइए यता  मिडियामाथि प्रतिबन्ध लगाउन र उसका विषयवस्तुमा रोक लगाउने अभियान विस्तार भइरहेको देखिएको छ । यो सबै कर्पोरेट मिडियाको दबाबमा गरिएको देखिएको छ ।
२०७६ साल वैशाख २० गते