हिलारी क्लिन्टनले डेमोक्रेट्स जिताउन चीनलाई गुहारिन

हिलारी क्लिन्टनले डेमोक्रेट्स जिताउन चीनलाई गुहारिन

अमेरिकी पूर्व विदेशमन्त्री पूर्व राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टनले आगामी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेट्सलाई जिताउन चीनले सहयोग गर्नुपर्ने बताएकी छिन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कर फिर्ताको विषयमा अवैधरूपमा प्राविधिक चोरी गरी गएको निर्वाचनमा जसरी आफूलाई हराएको त्यसरी नै ट्रम्पलाई हराउन चीनले सहयोग गर्नुपर्ने प्रस्ताव एक टेलिभिजन अन्तर्वार्ताको क्रममा अगाडि सारेकी हुन् ।

उनले यसअघि ट्रम्पलाई रूसले सघाएर मलाई हराएको थियो अब चीनले ट्रम्पलाई हराएर डेमोक्रेट्सका उम्मेदवारलाई जिताउनुपर्ने भएको बताइन् ।

एमएसएनबीसीको राचेल म्याडो शोमा क्लिन्टनले यस्तो बताएकी हुन् ।

उनले भनिन् “ट्रम्पको कर फिर्तालाई ह्याक गरी हराउनुपर्छ । रूसले रिपब्लिकनहरूलाई समर्थन गरिरहन्छ भने चीनले हामीलाई (डेमोक्रेट्स) लाई किन सहयोग गर्दैन भनेर हामी सोध्न सक्दैनौं ? चीनले मात्रै होइन सुनिरहने तपाईले ट्रम्पको कर फिर्ता किन पाउनु हुन्न ?”

२०७६ साल वैशाख २० गते