अमेरिका चीन सम्झौताले भूमण्डलीकरणको पतनलाई जोगाउन नसक्ने

अमेरिका चीन सम्झौताले भूमण्डलीकरणको पतनलाई जोगाउन नसक्ने

काठमाडौ । अमेरिका र चीनबीचको सम्झौताले भूमण्डलीकरणको पतनलाई रोक्न नसक्ने विश्वका रणनीतिकारहरूको बुझाइ  रहेको छ ।

लन्डनस्थित इन्डिपेन्ट स्ट्रेटजीका अध्यक्ष डेभिड रोकले भूमण्डलीकरणले आफ्नो शीर्षस्थान पुगेर आरालो लाग्न शुरू भइसकेको बताएका छन् ।

सीनबीसीसँगको कुराकानीमा उनले भने “भूमण्डलीकरणको पतन वास्तवमा ७ वर्ष अघिदेखि शुरू भयो, जतिखेर विश्वका देशहरूले संरक्षणवादी नीतिहरूप्रति झुकाव राख्न शुरू गरेका थिए ।”

चीनले पनि घरेलु व्यवसायबाट भविष्यमा आउने वृद्धिको बारेमा बढी सोच्ने रोकले बताए ।

उनले भने “ग्लोबलाइजेशन पछाडि फर्केको छ । यसलाई चीन र अमेरिकाको व्यापार सम्झौताले मात्रै फेरि अगाडि बढाउन सक्दैन । अन्तर्राष्ट्रिय व्यापारको उपयोग गरी चीनले घरेलु व्यवसायबाट प्राप्त गर्ने वृद्धिबाट बढी उत्पादन गर्न नसक्ने भएपछि चीनले त्यही बाटोमा हिँडनेछ ।”

चीन मात्रै यस्तो गर्न थालेको होइन धेरै वर्ष अघिदेखि यस्तो अभ्यास गर्दै आएका हुन् । इटलीजस्ता लोकप्रिय सरकारले राष्ट्रवादी नीतिलाई अंगीकार गरी रहेका छन् ।”

लोक लोभ्याउने नीतिलाई सजिलो जवाफको आवश्यकता हुन्छ । अमेरिकामा उत्पादनमूलक रोजगार जसरी पनि गुम्नेछ र कारण भनेको टेक्नोलोजीले त्यो खाइसकेको छ ।”

उनले समस्याको समाधान भनेको बृहत्तर प्रकारको अन्तर्राष्ट्रिय सम्पर्कीयता हुने बताए ।

२०७६ साल वैशाख २०