घोराही जेल तनावग्रस्त

घोराही जेल तनावग्रस्त


२१ वैशाख, काठमाडौं । घोराहीस्थित कारागार यतिवेला तनावग्रस्त छ । बन्दीमाथि जेलर र जेलभित्रका कैदी प्रशासकले गरेको अभद्र व्यवहारका कारण हिजो झडप नै भयो । 

दाङ जिल्लाको घोराही उपमहानगरपालिका १५ स्थित घोराही कारागारमा चौकीदार विप्लव सेन ओली, दाइ नाइके आदित्य बगाले लगायतले कैदीहरुलाई अश्लिल शब्दहरु प्रयोग गर्ने, दमन, शोषण गर्ने, स्केल अनुसारको स्तरीय खाना नदिने लगायतका विषयमा कैदीहरुबीच विवाद गर्दा झडप हुँदा चौकीदार विप्लव सेन ओली, आदित्य बगाले, सुशील रोकाय समेत घाइते भएको खबर छ । 

कारागारका चौकीदार विप्लव सेन ओली लगायत पाँच जनालाई उक्त कारागारबाट अन्यत्र सरुवा गर्नुपर्ने माग गर्दै यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी स्वयम् उपस्थित भई सम्बोधन नभएसम्म कैदीहरुले कारागारको ब्लक नम्बर एकका ढोकाहरु बन्द अस्तिदेखि गरी राशन पानी भित्रिन दिएका थिएनन् ।  

त्यहाँको जेलर, जेलरले कैदीबाटै प्रशासक बनाएकाले जुनसुकै बेलामा बन्दीमाथि आक्रमण गर्ने खतराका कारण बन्दीहरु निकै त्रसित भएका छन् । कुनै पनि बेला कसैको ज्यान सक्ने त्रास रहेको एक बन्दीले झिल्को सम्वाददातालाई बताए ।