फोरम र नयाँ शक्तिको चुले निम्तो

फोरम र नयाँ शक्तिको चुले निम्तो

 २१ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण सम्पन्न भएको औपचारिक विज्ञप्ति मार्फत दुवै दलका नेताले घोषणासभामा चुले निम्तो गरेका छन् । विज्ञप्तिमा ‘समाजवादी पार्टी’ निर्माण गर्न दुवै पार्टी सहमत भएको सार्वजनिक जानकारी पनि गराएका छन् ।

नयाँ बन्ने पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमानमा रहेको जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गर्न भूमिका निर्वाह गर्ने जनाएको छ । पार्टीको घोषणा वैशाख २३ गते काठमाडौंमा हुने भएको छ ।