उत्तर कोरियाली नेता किमद्वारा सेनालाई सतर्क रहन आदेश

उत्तर कोरियाली नेता किमद्वारा सेनालाई सतर्क रहन आदेश

२२ वैशाख, काठमाडौ । उत्तर कोरियाली नेता किम जोङ्ग उनले लामो दूरीको मल्टिप्लायर रकेट लन्चजरहरूको प्रक्षेपण अवलोकन गरी आइतबार सेनालाई सतर्क रहन आदेश दिएका छन् । कम दूरीको नयाँ ब्लास्टिक क्षेप्यास्त्रको पनि अवलोकन किमले गरेको देखिएको छ । दक्षिण कोरियाले अन्तर कोरिया सम्झौता अनुसार लन्चरहरूको प्रक्षेपण गर्नु त्यो सम्झौताको उल्लंघन भएको बताएको एक दिनपछि यस्तो गतिविधि भएको देखिएको हो ।

किमले शनिबार त्यसको अवलोकन गरेपछि सन्तोष व्यक्त गरेको उत्तर कोरियाली समाचार संस्थाले जनाएको छ ।

अमेरिकाले चालेको वार्ताको कुटनीतिक पहलबाट दिक्क भएका किमले सैनिक गतिविधि बढाउन थालेको संकेतको रूपमा लिइएको छ ।

उत्तर कोरियाली नेताको यो गतिविधिप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग भएको परमाणु सम्झौता हुनेमा आफू अझ विश्वस्त भएको बताएका छन् । यो प्रक्रियाबाट उत्तर कोरियाका लागि प्राप्त हुने ठूलो आर्थिक सहयोगको अवस्थाबारे किम जानकार रहेकोले यो सम्झौता हुने विश्वास आफूले गरेको ट्रम्पले भनेका छन् ।