रूस र अमेरिकाबारे सोभियतसंघ विघटन गराउने गोर्बाचोभ के भन्छन् ?

रूस र अमेरिकाबारे सोभियतसंघ विघटन गराउने गोर्बाचोभ के भन्छन् ?

सोभियत संघ विघटन गराउने रूसी राष्ट्रपति मिखाइल गोर्बाचोभले अमेरिका रूसका सम्बन्धहरूमा विशाल सम्भावना रहेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ सही भएको बताएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता महत्वपूर्ण रहेको बताउँदै उनले यस्तो बताएका हुन् ।

गोर्बाचोभ सोभियत संघलाई विघटन मात्रै गराउने होइनन् उनले अमेरिकी समकक्षी रोनाल्ड रेगनसँग साना दूरीका परमाणु हातहतियारको अप्रसार सन्धि आइएनएफ सम्झौताका हस्ताक्षरकर्ता पनि हुन् ।

पुटिन र ट्रम्पबीच शुक्रबार उत्तर कोरिया, भेनेजुएला, युक्रेन र दुई पक्षीय व्यापार एवम् परमाणु अप्रसारबारे टेलिफोन वार्ता भएको छ ।

गोर्बाचोभले भने “अमेरिका र रूसबीचका सम्बन्धहरूलाई आकार दिन दुई देशबीचको संवाद आवश्यक छ ।”

सोभियत संघ पतन भए यता अमेरिका र रूसबीचको सम्बन्ध सबैभन्दा खराब अवस्थामा रहेको छ ।

सन् १९८७ मा गोर्बाचोभले समकक्षी रेगनसँग अन्तरमाध्यमिक दूरीको परमाणु सैन्य सम्झौता (आइएनएफ) गरेका थिए । यो सम्झौताले दुबै देशलाई ५सय देखि ५ हजार ५सय किलोमिटर दूरीको स्थलमा आधारित क्षेप्यास्त्रको प्रसारमा प्रतिबन्ध लगाएको थियो । 

विश्व शान्तिका लागि यो सम्झौतालाई एक कुने ढुङ्गाको रूपमा मानिएको भए पनि ट्रम्प प्रशासनले एकलौटी रूपमा उल्लंघन गर्ने घोषणा ग¥यो ।

यो सम्झौताको उल्लंघन गर्नुको पछाडि यो सम्झौतामा चीनलाई समावेश गर्न सक्ने सम्भावनाबारे ट्रम्प र पुटिनले टेलिफोन छलफल गरेको हुन सक्ने उनको बुझाइ छ ।

त्यो वार्तापछि ट्रम्पले लामो र धेरै राम्रो वार्ता भएको र रूससँगको सम्बन्धबाट धेरै सम्भावना रहेको टिव्ट गरेपछि गोर्बाचोभलाई सोधिएको प्रश्नमा यस्तो जनाएका हुन् ।

नोबेल शान्ति पुरस्कारबाट सम्मानित गोर्बाचोभलाई शीतयुद्धको अन्त्य गराउने र रूसमा उदारवादी सुधार ल्याउने नेताको रूपमा चिनिन्छ ।

२०७६ साल वैशाख २२ गते