साम्यवादमा नजानेलाई समाजवादको चिन्ता !

साम्यवादमा नजानेलाई समाजवादको चिन्ता !

साम्यवादमा सम्भव नदेख्नेले समाजवादको चिन्ता किन लिनु ? तर, औपचारिक पद र औपचारिक शिक्षाको डिग्री लिएकाहरुले जे भनेपनि घाँटी तन्काएर सुन्नु पर्ने वाध्यता छ । सामन्तवादी संस्कृतिले घरजम नछोडेको बेला यस्तै हुने रहेछ । साम्यवादका आदि गुरु माक्र्स शतवार्षिकीकै अवसरमा पूर्व कम्युनिष्ट नेता डा. बाबुराम भट्टराईले आइतवार साम्यवाद सम्भव नभएकोले समाजवादमा ओर्लिएको भाषण गरिरहदा समाजवादको आशा गरेर प्रवचन सुन्न गएकाहरु रनभुल्लमा परे ।

धेरै अघि युनानी दार्शनिक सुकरातले आईमाईका ३१ दाँत हुन्छन भनेर मूर्ख चेलाहरुबाट पिण्ड छुटाएको प्रसंग यहाँ सन्दर्भ आउँछ । महिला र पुरुषको भेदमा धेरै समयसम्म यही सूत्र प्रयोग भएको थियो रे । त्यो स्तरको भट्टराईको यो भनाइ भने होइन । उनले त माक्र्सलाई बुझ्न आउने वुद्धिजीवीलाई नै रनभुल्लमा पारिदिए । यतिमात्र होइन साम्यवादको विकल्प समाजवाद भएको हास्यास्पद तर्क पनि दिए । समाजवादबाट हटेर तथाकथित पाँच ‘स’ को सूत्र पक्रेर नयाँ शक्ति खोल्दा पनि केही नलागेपछि अहिले उनी साम्यवादको भाष्यमा त्रुटी केलाउने त्रुटी मास्टरको भूमिकामा छन् ।  

२०७६ साल चैत्र २२ गते