भारतमा पाँचौ चरणको मतदान आज

 भारतमा पाँचौ चरणको मतदान आज

२३ वैशाख । भारतको तल्लो सदन लोकसभाको निर्वाचनको सात चरणमा हुने मतदान अन्तर्गतको पाँचौ चरणको मतदान आज सोमबार शुरू भइसको छ ।

भारतका ७ प्रदेशमा ५१ स्थानका लागि सोमबार मतदान भइरहेको छ ।

यसक्रममा प्रतिपक्षी कांग्रेस अध्यक्ष राहुल गान्धीको विरूद्ध अमेठी लोकसभा निर्वाचन क्षेत्रमा संघीय मन्त्री स्मृति इरानीले उम्मेदवारी दिएकी छिन् । यसैगरी भारतका शाक्तिशाली राजनीतिक व्यक्तित्वहरूमा गृहमन्त्री राजनाथ सिंह र प्रतिपक्षी गठबन्धन युपीएकी अध्यक्ष सोनिया गान्धीको चुनाव क्षेत्रमा मतदान भइरहेको छ ।

सत्ताधारी पार्टी भारतीय जनता पार्टीका लागि यो चरणको चुनाव महत्वपूर्णमध्येको एक मानिएको छ । सन् २०१४मा यहाँबाट भाजपालाई ५१ स्थान मध्येबाट ३९ स्थानमा जित हासिल भएको थियो । भाजपा गठबन्धनलाई ४१ स्थान प्राप्त भएको थियो । उत्तर प्रदेशका १४, जम्मु काश्मिरका २, राजस्थानमा १२, मध्यप्रदेश ७, पश्चिम बंगाल ७, बिहार ५ र झारखण्ड ४ स्थानमा मतदान भइरहेको छ ।