उपेन्द्र–बाबुराम एकता : मशाल बोक्ने कि आँखा राख्ने लागेन टुंगो (नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर )

उपेन्द्र–बाबुराम एकता : मशाल बोक्ने कि आँखा राख्ने लागेन टुंगो (नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर )

काठमाडौं, २३ बैशाख । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराइको नयाँ शक्ति पार्टीबीच आज एकीकरण भएको छ । एकीकरणबाट समाजवादी पार्टी, नेपाल निर्माण भए पनि बाबुरामको पार्टीमाथि उपेन्द्रले कव्जा जमाएको जस्तै देखिएको छ । घोषणसभा कार्यक्रममा फोरमकै झण्डा प्रयोग भएको छ भने आगामी दिनमा पार्टीको आधिकारिक झण्डा फोरमकै प्रयोग हुने भएको छ ।


फोरमले रातो र हरियो पृष्ठभूमिमा सेतो तारा अंकित झण्डा प्रयोग गर्दै आएको छ । निर्वाचन आयोगमा दर्ता भए अनुसार फोरमको चुनाव चिन्ह मशाल छ भने नयाँ शक्तिको आँखा छ । यी दुई पार्टीबीच एकता भएपछि चुनाव चिन्ह के रहन्छ भन्नेमा टुंगो लाग्न भने बाँकी नै छ ।

स्थानीय निर्वाचनमा नयाँ शक्तिले धेरै ठाउँमा उपेन्द्र यादवको पार्टीको निर्वाचन चिन्ह लिएकाले त्यसैलाई मान्ने प्रबल सम्भावना छ ।