बाबुरामको व्याख्याः काँग्रेस पश्चगामी, नेकपा निभ्न लागेको बत्ती, आफू क्रान्तिकारी !

बाबुरामको व्याख्याः काँग्रेस पश्चगामी, नेकपा निभ्न लागेको बत्ती, आफू क्रान्तिकारी !

काठमाडौँ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइले नेपालका प्रमुख राजनीतिक दलहरुलाई बिभिन्न रुपमा व्याख्या गरेका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँगको एकता घोषणसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमनत्रीसमेत रहेको डा. भट्टराइले काँग्रेस निभ्न लागेको बत्ती, सत्तारुढ दल नेकपा पश्चगामी र एकतापछिको आफ्नो पार्टी क्रान्तिकारी भएको दाबी गरेका हुन् ।

उनले हिजो विभिन्न क्रान्तिकारी पार्टीका अग्रगामी कित्ता अहिले फरक रुपमा क्रान्ति अगाडि बढाउन समाजवादी पार्टीका रुपमा अघि बढेको दाबी गरे ।

भट्टराईले अर्को छलाङका लागि पार्टी गठन गरिएको बताउँदै यो दुई पार्टीको एकतामात्र नभई राष्ट्रिय एकीकरण भएको जिकीर गरे । ‘अढाई सय वर्ष अगाडि पृथ्वीनारायण शाहले भूगोलको एकीकरण गरे यो पार्टीको एकता, भाषा, धर्म, जाति समुदाय र क्षेत्रलाई संघीय ढाँचामा एकता गर्ने राष्ट्रिय एकीकरणको अभियान हो ।’

उनले हिजोका क्रान्तिकारीहरु आज पश्चगामी कित्तामा उभिएको भन्दै हिजो आतंककारी भन्नेहरुसँगै जोडिएर पश्चामी भएको आरोप लगाए । क्रान्तिकारी झण्डा उठान गर्न आफूहरुको समाजवादी पार्टीको निर्माण भएको उनको कथन थियो ।