दश लाख प्रजातिका जीव जन्तुका लागि खतरा बन्दै मानिस

दश लाख प्रजातिका जीव जन्तुका लागि खतरा बन्दै मानिस

काठमाडौ । मानिसको गतिविधिले गर्दा धरती भरिका १० लाख प्रजातिका जीवजन्तुको अस्तित्व संकटमा पर्न थालेको चिन्ता व्यक्त गर्दै 
संयुक्त राष्ट्रसंघले एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

जमिन, समुद्र तथा आकाशमा मानिसले गरिरहेका विभिन्न गतिविधिले गर्दा पृथ्वीका जीवजन्तुको अस्तित्वमा संकट परिरहेको जनाएको हो ।

दश लाख जनावर तथा बोटबिरुवाका प्रजाति लोप हुने खतरा रहेको छ ।

राष्ट्रसंघीय प्रतिवेदन अनुसार यसअघि कहिल्यै नसोचिएको गतिमा सर्वत्र प्रकृतिमा ह्रास आइरहेको छ र मानिसलाई चाहिने खाद्यान्न तथा ऊर्जाको माग त्यसका लागि प्रमुख जिम्मेवार रहेका छन् ।

यसलाई रोक्न मानिसले गर्ने प्रकृतिप्रति गर्ने व्यवहारमा आमूल परिवर्तन ल्याउनुपर्ने हुन्छ ।

मानिसले आफ्नो बास स्थान निर्माणका लागि अपनाएको रवैया सबैभन्दा खतरनाक रहेको देखिएको छ ।

इतिहासमा पृथ्वी मानवीय गतिविधिबाट मारमा परेको छ तर पछिल्लो ५० वर्षमा ती चोटहरू ठूलो घाउको रूपमा परिणत भएको छ। 

सन् १९७० यता विश्वको जनसंख्या दुई गुना बढेको छ ।  विश्व अर्थतन्त्र चार गुनाले बढेको छ भने अन्तराराष्ट्रिय व्यापार १० गुनाले बढेको छ ।

बढ्दो विश्वमा गाँस ,बास ,कपास र ऊर्जा पु¥याउन विशेषगरी उष्ण प्रदेशीय क्षेत्रका वनजङ्गललाई चकित पार्ने द्रुत गतिमा विनाश गरिँदै गरिएको छ ।

सन् १९८० देखि २००० को अवधिमा १० करोड हेक्टर वन सखाप भएको छ ।

हाम्रा शहरहरू तीव्र गतिमा बढिरहेका छन् र सन् १९९२ देखि शहरी क्षेत्र दुई गुनाले बढेर गएको छ ।

अहिले अनुमान गरिए करिब २५ प्रतिशत जनावर तथा बोटबिरुवा लोप हुने संघारमा पुगेका छन् ।