शहीदका सपना घुरेर देख्ने सपना होइन: प्रधानमन्त्री ओली

 शहीदका सपना घुरेर देख्ने सपना होइन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका सपना घुरेर देख्ने सपना नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘‘शहीदका सपना भनेको घुरेर देख्ने सपना होइन, शहीदले लिएको लक्ष्यलाई सपना भनिन्छ ।’’


उनले देश बनाउने सपना भनेको राति सुतेर देख्ने सपना नभइ जागै देख्ने सपना भएको पनि बताए । संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमले दूरगामी भिजन राखेको बताए । ‘ नीति तथा कार्यक्रमले देश बनाउने संकल्प बोकेको छ, अठोट पनि लिएको छ,’’ उनले भने ।


नेकपाका अध्यक्षसमेत रहेका ओलीले नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ भन्ने शव्द भुलचुकले नभई जानीबुझी राखिएको पनि स्पष्ट पारे । उनले भने, ‘भुलचुकले होइन, जानीबुझी राखिएको र आवश्यक शब्दावली हो ।’