विप्लव नेतृत्वका पार्टीका पीबीएम गिरफ्तार

विप्लव नेतृत्वका पार्टीका पीबीएम गिरफ्तार


२५ वैशाख, नेपालगञ्ज । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य भरत बम ‘रणबीर’ र सत्यबहादुर शाहीलाई नेपालगन्जको जानकी गाउँपालिका–६ गहनापुरबाट बुधबार पक्राउ गरिएको छ ।  उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी कैलाली  जिल्ला बर्दगोरिया गाउँपालिकाको मुडा बजारबाट बुधबार दिउँसो २ बजे युवा संगठनका अध्यक्ष  विष्णु देवकोटासहित दुई जनालाई पनि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

उनी विप्लव नेतृत्वका प्रभावशाली युवा नेता मानिन्छिन ।