प्रधानमन्त्री ओली आज कम्बोडिया जादै, उतैबाट भियतनाम जाने

प्रधानमन्त्री ओली आज कम्बोडिया जादै, उतैबाट भियतनाम जाने

काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय विदेश भ्रमणका लागि आज भियतनामका प्रधानमन्त्री न्याङगेन सुआन फुकको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्दैछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार वैशाख ३० गतेसम्म हुने भ्रमणका क्रममा उनले वैशाखी समारोह र थिंकट्याकको कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।  भ्रमणले युद्धको चपेटाबाट उठेर उसले कसरी महत्वपूर्णं आर्थिक उपलब्धि हासिल गर्न सक्यो भन्ने कुरा सिक्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । भियतनामका अधिकांश जनता बौद्धमार्गी भएकाले उनीलाई नेपालमा आकर्षण गर्नका लागि पनि भ्रमणले मद्दत गर्ने सरकारले विश्वास लिएको छ ।

यसैगरी प्रधानमन्त्री ओली उतैबाट कम्बोडिया पनि भ्रमण गर्नेछन् । वैशाख ३० देखि दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाली प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा उनी त्यहाँ जान लागेका हुन् । प्रधानमन्त्री ओली जेठ १ गतेसम्म कम्बोडिया भ्रमण गर्नेछ । भ्रमणका क्रममा कम्बोडियाले गरेको विकासबारे जानकारी लिने र त्यहाँका बौद्धमार्गीलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भियतनामसँग तीन समझदारी हुने

भ्रमणका क्रममा भियतनामसँग तीन समझदारी गर्ने तयारी सरकारको छ । समझदारी प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्विपक्षीय परामर्श संयन्त्र सम्वन्धी छन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले कूटनीतिक सम्वन्ध रहे पनि सघन हुन नसकेको भियतनामसँग सम्वन्ध विस्तार गर्ने उद्देश्यले भ्रमण तय भएको बताए । ‘दक्षिण पूर्वी एसियाको उदाउँदो राष्ट्र भियतनामसँग द्विपक्षीय लगानीको प्रशस्त सम्भावना छ । त्यही सम्भावनालाई ध्यानमा राखेर यो भ्रमण हुँदैछ’ उनले भने ।

कम्बोडियासँगका समझदारी कार्यान्वयनमा केन्द्रित

प्रधानमन्त्री हुन सेन नेपाल भ्रमणमा आएका बेला नेपाल र कम्बोडियाबीच नोभेम्बर २०, २०१८ मा द्विपक्षीय हवाई, द्विपक्षीय सहयोग र सांस्कृतिक आदानप्रदान र व्यापार प्रवद्र्धन तीन सम्झौता भएका थिए । ती समझदारीलाई अगाडि बढाउने र सहयोग क्षेत्र थप बिस्तार गर्नेबारेमा छलफल केन्द्रित हुनेछ ।