‘भिआइपी’ र ‘छोटे राजा’ को सवारीले आकाश र जमिन दुवै जाम !

 ‘भिआइपी’ र ‘छोटे राजा’ को सवारीले आकाश र जमिन दुवै जाम !
 ‘भिआइपी’ र ‘छोटे राजा’ को सवारीले आकाश र जमिन दुवै जाम !
 ‘भिआइपी’ र ‘छोटे राजा’ को सवारीले आकाश र जमिन दुवै जाम !

काठमाडौं । जनयुद्ध र जनआन्दोलनको बलमा देशको शासन सत्ताबाट राजतन्त्र फयाँकिए पनि राजा शैली भने अझै जीबित नै छ । सिंहासनमा बसेको राजालाई जनताको बल र बलिदानले हटाएर उक्त कुर्सीमा जननिर्वाचित पदाधिकारीहरु बस्न थालेको एक दशक पुरा भइसक्दा पनि ती शासकहरुमा पुरानै राजतन्त्रको ‘भूत’ सवार हुँदा जनता बाक्क दिक्क बन्न थालेका छन् ।

 

टोल टोलमा छोटे राजाहरुको जगजगी छ । माफिया र कमिनखोरहरुले बालुवाटार, टुँडिखेल, नदी नाला, वनजंगल केही पनि बाँकी राखेका छैनन् ।
सरकार र सत्ता सम्हालेर बस्नेहरुमा आलिशान र मस्तीको मोह छ । सडकमा हिँड्दा होस् वा आकाशमा उड्दा होस् ‘छोटे राजा’हरुबाट जनता मारमा परेकै छन् । सडमा उनीहरु सवार हुँदा जनताले घन्टौँ सम्म ट्राफिक जाम भोग्नु परेको छ भने आकाशमा उनीहरु उड्दा समेत सर्वसाधारण उड्ने प्लेनले ‘डिले’को सिकार बन्नु परेको छ ।

 

विशेषगरी राष्ट्रपति र प्रधानमन्त्रीको सडक र हवाई यात्राका क्रममा सर्वसाधारण जनताले निकै सास्ती भोग्नुपरेको भन्दै यो प्रकृयालाई सहज बनाउनुपर्ने आम सर्वसाधारणबाट आवाज उठ्न थालेको छ । यस्तो प्रबृत्तिले गणतन्त्रमा राजतन्त्रको गन्ध आएको टिप्पणीसमेत हुने गरेको छ ।  

यसै सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्दैछन् । उनकै सवारीका कारण त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको उडान सेवा आज आधा घण्टा ठप्प हुने भएको छ भने उनका लागि सडक खुला गर्दा जनताले तातो घाममा लामो ट्राफिक जामको मार खेप्नु पर्ने छ । 

प्रधानमन्त्री ओलीको दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्षित गर्दै आज हुने यात्रामा आधा घण्टा सेवा प्रभावित हुने भएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

 

प्रधानमन्त्रीको उडानको समय बिहान ११ बजेदेखि ११ः३० सम्म विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण बन्द हुने सूचना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जारी गरेको विमानस्थल कार्यालयका एक अधिकारीले बताए । प्रधानमन्त्री ओली नेपाल वायुसेवाको चार्टड विमानबाट ११ः२५ बजे ५ दिने विदेश भ्रमणका निस्कन लागेका हुन् ।