दोषी प्रमाणीत भए सभापति देउवालाई पनि कारवाही हुनुपर्छः पौडेल

 दोषी प्रमाणीत भए सभापति देउवालाई पनि कारवाही हुनुपर्छः पौडेल

उदयपुर, २७ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस आबद्ध जुनसुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारबाही गरिने बताएका छन् । 

उनले बालुवाटार काण्ड, वाइडबडी र एनसेल काण्डमा पार्टी सभापति शेरबहादुर देउवाको नाम पनि जोडिएर मिडियामा आएको हुँदा दोषी प्रमाणीत भए उनी पनि कारबाहीको दायरमा आउनु पर्ने बताए ।

पार्टी कामको सिलशिलामा यहाँ आएका नेता पौडेलले अहिले सत्ता पक्ष र विपक्षीबीच वाकयुद्ध चलिरहेको र यस्तो वाकयुद्धले प्रजातन्त्र र संघीयतालाई बलियो नबनाउने भन्दै सरकार पक्ष र विपक्षी दुवैले बोल्दा संयम भएर शिष्ट तरिकाले संसदीय मर्यादामा रहेर बोल्नु पर्ने बताए । सरकारले अब भाषणमा भन्दा बढी कृषि क्रान्ति र पर्यटन विकासमा लाग्न सके नेपालले छिटो विकासमा फड्को मार्ने सुझाब नेता पौडेलको थियो ।