संसदमा प्रधानमन्त्री र सांसदले बोलेका ‘असंसदीय’ शव्द हटाउन सभामुखको निर्देशन

संसदमा प्रधानमन्त्री र सांसदले बोलेका ‘असंसदीय’ शव्द हटाउन सभामुखको निर्देशन

काठमाण्डौ, २७ बैशाख । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरेका केही शब्द संसदको रेकर्डबाट हटाइने भएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले त्यस दिन प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

स्पष्टिकरणमा उठेका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा छाडेर प्रश्नको जवाफ दिन्छु’ भनेपछि प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नलाई निम्छरा भनेर असंसदीय भाषा प्रयोग गरेको भन्दै विरोध गरेका थिए ।
नेपाली कांग्रस लगायतका प्रतिपक्षीले त्यसैदिन प्रधानमन्त्रीले बोलेको असंसदीय शब्द रेकर्डबाट हटाउन माग गरेका थिए । 

शुक्रबार बसेको  बैठकको सुरुमा नै सभामुख महराले मंगलबारको बैठकमा  सत्ता पक्ष र प्रतिपक्षले प्रयोग गरेका सबै असंसदीय शब्दहरुलाई संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।