काठमाडौंमा १२ जना भारतीय व्यापारी पक्राउ !

काठमाडौंमा १२ जना भारतीय व्यापारी पक्राउ !

काठमाडौ । दरबामार्गस्थित याक एण्ड यति होटेलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुन्धान व्यूरो लगायतको सयुक्त टोलीले विशेष सुराकको आधारमा छापा मार्दा अवैध नेटवर्किङ व्यवसाय गर्नेलाई पक्राउ गरेको हो। भारतबाट नेपालमा समेत अवैध नेटवर्किङ गर्न आएलाई नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसरले जानकारी दिएको छ । 

पक्राउ पर्नेमा साइन गुप्रका डारेक्टर रसिद नासिङ सहित १२ जना छन्। प्रहरीको भनाई अनुसार समयमा नै सुचना पाएकाले नेपालीको करौडौं रुपैयाँ ठगी हुनबाट जोगिएको छ।

भारतीयहरुले याक एण्ड एति होटलको रुम लिएर लिएर शुक्रवारदेखि ३ सयभन्दा बढी नेपालीलाई नेटवर्किङ्ग विजनेश सम्बन्धी संजाल फैलाउने विषयमा प्रशिक्षण दिएका थिए। उनीहरुले नेपालभरबाट करीब ३ सय जना नेपालीलाई सदस्य बनाउने योजना बनाएको बुझिएको छ ।