तलब नदिने केही मिडियाधनीको सातो उडेको छः सञ्चारमन्त्री बाँस्कोटा
नुवाकोट, २९ बैशाख ।
सरकारले ल्याउन लागेको मिडिया विधेयकको नेपाल पत्रकार महासंघ, पत्रकार पत्रकारिता क्षेत्रबाट बिरोध भइरहेको बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको बताएका छन् ।
प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले सुनिश्चित गर्नकै लागि नयाँ कानून ल्याइने बताउँदै भने “ मिडिया मालिकलाई मालिक मात्र हुने बानी बसेको छ । कर नतिर्ने, दिनरात खटिने पत्रकारका लागि तोकिएअनुसार तलब नदिने भएकाले केही मिडियाधनीको सातो उडेको छ । ”
श्रम गर्ने पत्रकारलाई ढुक्क हुन आग्रह गर्दै मन्त्री बाँस्कोटाले पत्रकारलाई अधिकार दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने “सरकारले मिडिया मालिकलाई नियन्त्रण गर्छ भनेर बाहिर अनेक हल्ला फैलाउने काम भइरहेको छ । नागरिकले देशमा बसेपछि देशको कानून मान्नुपर्छ, नियम कानून सबैका लागि बराबर हुनुपर्छ । सबै सेवा, सुविधा दिनुपर्ने भयो, पत्रकारको सुरक्षा, न्यूनतम तलब आदि कुरालाई कार्यान्वयन गर्नुप¥यो भनेर एकथरिलाई टाउको मात्र दुखेको हो ।”
प्रतिक्रिया