एक चीन नीति विरुद्ध सरकारी मिडिया ?

एक चीन नीति विरुद्ध सरकारी मिडिया ?


काठमाडौं, २९ बैशाख । देशको एकमात्र समाचार समिति राष्ट्रिय समाचार समिति (रासस) ले चीनबाट निर्वासित भई भारतको शरणमा रहेका धार्मिक नेता दलाई लामाको पक्षपोषण हुने गरी समाचार सम्प्रेषण गरेको छ ।


यो समाचार त्यतिवेला सम्प्रेषण ग¥यो जतिबेला राष्ट्रपति विद्या भण्डारी राष्ट्रको नेतृत्व गर्दै चीन भ्रमणमा थिइन । दलाई लामा सम्बन्धी समाचार राससले पहिलो पटक सम्प्रेषण गरेको थियो । 


राससले नेपाल सरकारको एक चीन नीति बिरुद्ध समाचार सम्प्रेषण गरेपछि राससका ग्राहकहरुसमेत तरंगित छन् । राससको एउटा हिस्सालाई चीनविरोधी अन्तर्राष्ट्रिय शक्तिले प्रयोग गरेको देखिन्छ । 


राससले केही सयमअघि प्रधानमन्त्री केपी शर्माको श्रीपेचसहितको तस्वीरसमेत प्रसारण गरेको थियो । यसैगरी सरकारको आधिकारिक समाचार एजेन्सीले प्रधानमन्त्री केपी ओलीको विदेश भ्रमणमा जाने समय र कार्यतालिकालाई समेत उल्टोपाल्टो गरेको थियो । 


चीनसँगको नेपालको सुमधुर सम्बन्धमाथि नै आँच आउने, अझ खासगरी राष्ट्रपतिको चीन भ्रमणको अवसर पारेर समाचार सम्प्रेषण गर्नु निकै गम्भीर छ । दुई देशको सम्बन्धलाई विगार्ने, अन्य भ्रमपूर्ण समाचार र राससको आन्तरिक गडबडीका बारेमा छानविन गर्न रासस सञ्चालक समितिका सदस्य डिल्लिराम भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।


राससमा व्यापक गुटबन्दी, राम्रा भन्दा पनि हाम्रा कर्मचारीलाई च्याप्ने र जिल्ला समाचारदाताका समाचारमा राजनीतिकरण गरी समाचार प्रयोग नगर्ने, प्रयोग गरे पनि समाचार जोडेर प्रसारण गर्ने पुरानै प्रबृत्ति हो ।