‘नेम’ का शिक्षकहरुलाई पक्राउ पूर्जी 

‘नेम’ का शिक्षकहरुलाई पक्राउ पूर्जी 

२९ वैशाख, काठमाडौं । बौद्धिक क्षेत्रमा कार्यरत अझ शिक्षक जसले उच्च नैतिकताको पाठ पढाउँछ, उसले नै किर्ते काम गर्छ, साइबर अपराध गर्छ भन्दा समाजमा धेरैलाई विश्वास लाग्दैन तर राजधानीको एक प्रतिस्ठित शिक्षण संस्थामा कार्यरत शिक्षकहरुले मिलेर वर्षाैदेखि यस्ता गलत धन्दा गर्दै आएको प्रमाण फेला परेको छ ।  

सामाजिक सञ्जालमा आइबेरिस अमारा अलबिजिया नामक किर्ते आईडी बनाएर मेडिकल इण्ट्रान्स तयारी कक्षा सञ्चालन गर्ने ‘नेम’ मा कार्यरत शिक्षकरु लागिपरेको भेटिएको छ । यही किर्ते आइडीबाट अर्काे प्रतिस्ठित मेडिकल इण्ट्रान्स तयारी गराउने शिक्षण संस्था भाइब्रेण्टलाई बिक्री भएको भ्रमपूर्ण सूचना समेत दिने गरेको छ । 
  
नेममा कार्यरत शिक्षकहरु प्रयोग गरी नक्कली पब्लिकेशन (प्रियान्शु पब्लिकेशन) खोली गत पाँच वर्षदेखि भाइब्रेण्टको लोगो, नाम दुरुपयोग गरी नौ किसिमका कितावहरु अनुमति नै नलिई हजारौंको संख्यामा विक्री वितरण गरी ठगी कार्यमा संलग्न रहेको भाइब्रेण्टका सञ्चालक होमनाथ नेपालले जानकारी दिए । 
 

यसरी किर्ते काममा संलग्न शिक्षकहरुमा मनोज सिंह, कमल नेपाल, गजेन्द्र सिंह, राजेश साह, कृष्णकुमार गुप्ता, महेन्द्र यादव, विदुर भट्टराई लगायत छन् । मनोज सिंह भारतीय नागरिक हुन । कुनै विदेशीलाई विना अनुमति पुस्तक लेख्न पाइदैंन । 

यसरी किर्ते धन्दामा संलग्न भएको भन्दै भाइब्रेण्टले प्रहरी प्रशासनमा उजुरी दिएपछि उनीहरुका विरुद्ध वारेण्ट पूर्जी जारी भएकाले फरार रहेको समाचार छ ।  

प्रतिलिपी चोरीमा उनीहरुलाई तीन वर्षदेखि सात वर्षसम्म कैद र विगो जरिवाना लाग्नसक्ने कानुन व्यवसायीहरु बताउँछन् । भाइब्रेण्टले उनीहरुसँग तीन करोडको क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला हदालतमा मुद्धा दायर गरेको छ ।