खाडी क्षेत्रमा युद्ध हुने गरी तनाव बढदै

खाडी क्षेत्रमा युद्ध हुने गरी तनाव बढदै

साउदी अरबले आफ्ना दुई तेल टयांकरमाथि संयुक्त अरब इमिरेटसको किनारमा आक्रमण भएको आरोप लगाएको छ ।

अमेरिका र इरानबीचको तनावका कारण यहाँ कुनै पनि बेला युद्ध भइहाल्ने वातावरण बनिरहेका बेला साउदीले यो आरोप लगाएको हो ।

संयुक्त अरब इमिरेट्सले आइतबार फुजारिया नजिक रहेको ठाउँमा चार व्यापारिक सामुद्रिक जहाजमाथि आक्रमण गरिएको जनाए लगतै साउदी अरबले आफ्ना तेल टयांकरमाथि आक्रमण भएको आरोप लगाएको छ । अमेरिका र इरानबीचको कठोर शब्द प्रहारको बीच अमेरिकी सेनाको उपस्थिति यो क्षेत्रमा बढेको छ ।

इरानले भने यस विषयमा छानबिन हुनुपर्ने माग गरेको छ । यसैबीच बेलायतका विदेशमन्त्री जेरेमी हन्टले त्यस क्षेत्रमा बढदै गएको तनावबारे चिन्ता व्यक्त गरेका छन् ।