ल्हासाबाट रेल ल्याउने सपना साकार हुँदै : प्रचण्ड

ल्हासाबाट रेल ल्याउने सपना साकार हुँदै : प्रचण्ड

३० बैशाख, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा सबैभन्दा पहिले चिनियाँ राष्ट्रपतिलाई ल्हासाबाट रेल ल्याउने र भृकुटीले खेलेको भूमिकालाई स्थापित गर्न नयाँ अभियान चलाउने कुरा गरेकाले त्यो सपना अहिले साकार हुन लागेको बताएका छन् ।

राष्ट्रिय विभूति सीताको जन्म जयन्ती समारोहलाई प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले चीनको ल्हासाबाट केही वर्षभित्रै काठमाडौंमा रेल आउने दावी गर्दै उक्त रेललाई लुम्बिनी र पोखरासम्म पु¥याउने प्रतिबद्धता जनाए ।

आफु जीवित छँदै ल्हासाको रेल काठमाडौं आइपुग्नेमा उनी बिश्वस्थ देखिन्थे । ल्हासाबाट रेल नेपाल आएमा पर्यटन र अर्थतन्त्रको विकासको निम्ति कोशेढुंगा हुने उनको भनाइ छ ।

नेपालका शक्तिपीठहरुलाई जोडेर रेल सर्किट बनाउन सकिने सम्भावनाबारे प्रचण्डले भने, ‘लुम्बिनी, पशुपति र जनकपुरलाई जोड्ने एउटा सर्किट देशभित्रै बनाउन जरुरी छ, । अनि पूर्व पाथिभरादेखि बाजुराको बडिमालीकासम्मका सबै शक्तिपीठहरुलाई जोड्ने शक्तिपीठ सर्किट बनाउन जरुरी छ,’ ।