संविधानको भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न प्रचण्डको अव्हान

संविधानको भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न प्रचण्डको अव्हान

काठमाडौं, ३१ बशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने चेतावनी दिएका छन् । 

ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय प्राङगारिक कृषि सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष दाहालले नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी हाम्रा कार्यशैलीहरुमा परिवर्तन नभए त्यो प्रत्यूत्पादक हुने बताए । उनले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरे ।

दाहालले सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कृषि उत्पादनलाई निष्तेज पारेर अर्गानिक कृषिबाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्नुपर्ने पनि बताए ।