अमेरिका रूस सम्बन्ध तातिदै

अमेरिका रूस सम्बन्ध तातिदै

काठमाडौ । चिसिदै गएको अमेरिका रूस सम्बन्ध फेरि तातिन लागेको देखिएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भेटेर कुराकानी गर्न इच्छुक रहेको जनाएपछि दुई देशबीचको सम्बन्ध तातिन लागेको पर्यवेक्षकहरूको भनाइ रहेको छ ।

भेटमा राष्ट्रपति पुटिनले विदेशमन्त्री पोम्पेओलाई भने “ केही दिन अघि अमेरिकी राष्ट्रपतिसँग फोनमा कुराकानी गरेको तपाईँलाई थाहै छ । अमेरिका र रूसबीचको सम्बन्धलाई फेरि विस्तार गर्ने र आपसी विषयहरूको समाधान सम्पर्कबाट समाधान गर्ने विषयमा झुकाव राष्ट्रपति ट्रम्पको रहेको आफूले पाएको छु ।”

विदेशमन्त्री पोम्पेओले अमेरिका र रूस दुबै मिलेर परिणाम ल्याउने काम गर्न सक्नेबारे सहमति जनाए ।

विदेशमन्त्रीसँगको भेटमा सुरक्षासम्बन्धी चुनौती, आम विनासकारी हातहतियारको प्रसारको रोकथाम, वातावरण तथा अर्थतन्त्रसम्बन्धी विषयका साथै तेल उत्पादन सम्बन्धमा देखिएको आपसी स्वार्थका विषयमा कुरा गर्न सकिने विषयहरू रहेको पुटिनले जनाएका थिए ।

पोम्पेओले रूसी विदेशमन्त्री सर्जेइ लभरोभसँगको भेट्नु अघि सन् २०२०को राष्ट्रपति चुनावको निर्वाचनमा मस्कोको हस्तक्षेप वासिंटनले सहन नसक्ने चेतावनी दिएका थिए ।

पुटिनले अमेरिकी निर्वाचनमा रूसले कहिल्यै हस्तक्षेप नगरेको र यो विषय मुलर नेतृत्वको छानबिन समितिले पनि पुष्टि गरेको बताए ।

सन् २०१६को निर्वाचन यता अमेरिकी मिडियका सहयोगी संस्थाहरूले त्यहाँको डेमोक्रेटस पाटीका नेताहरूले ट्रम्प रूसको एजेन्ट भएको आरोप लगाइरहेका छन् ।

तर उनीहरूले कुनै प्रमाण प्रस्तुत गर्न सकेका छैनन् ।

यसघि सोभियत संघ विघटन गराउने रूसका पूर्व राष्ट्रपति मिखाइल गोर्बाचेभले रूस र अमेरिकाले मिलेर काम गर्नुपर्ने बताएका थिए ।

भेनेजुएला लगायत दक्षिण अमेरिकी देशमा अमेरिकाले हस्तक्षेप गरिरहेको छ भने इरानमाथि दबाब दिँदै आएको छ ।

यसैगरी चीनसँगको व्यापार युद्ध अमेरिकी राष्ट्रपति ट्रम्प आएपछि भएको छ । रूसलाई जी ८बाट निकालेर जी सेभेन बनाइएको थियो ।

यी सबै विषयहरूमा जी ट्वेन्टीको बैठकमा ट्रम्पले पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिनसँग वार्ता गर्ने भएका छन् । ट्रम्पले यसबारे जानकारी दिइसकेका छन् ।